Powered by Blogger.
टेलिभिजनका समाचार प्रमुख पुरस्कृत



हेटौडा,१२वैशाख / टेलिभिजन पत्रकारिताका माध्यमबाट वतावारण र विकासका क्षेत्रमा योगदान पुयाएको भन्दै टिम टेलिभिजन हेटौंडाका समाचार प्रमुख वालकृष्ण अधिकारी पुरस्कृत हुनुभएको छ । मित्र समाज काठमाडौले आयोजना गरेको अवार्ड फर एक्सीलेन्स इन इन्भाइरोमेन्टल रिपोर्टिड २०१५बाट नगद १० हजार सहित अधिकारी पुरस्कृत हुनुभएको हो । अधिकारी कान्तीपुर टेलिभिजन हेटौंडाका सँबाददाता समेत हुन् । यस्तै प्रिन्ट मिडीया तर्फ डिआर पन्त र जनक नेपाल, रेडियो तर्फ नविन लुइटेल र  अनलाइनतर्फ हेमनाथ खतिवडा पुरस्कृत हुनु भएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्ट, नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष सहजमान श्रेष्ठ, वातावरण विद इन्जीनियर सुर्यमान शाक्य निर्णायक रहेको टोलीले अवार्ड छनौट गरेको थियो । 


0 comments

Write Down Your Responses