Powered by Blogger.
मकवानपुर किड्समा बिदाई कार्यक्रम



हेटौडा, १२ वैशाख /  हेटौंडा ४ मा रहेको मकवानपुर किड्स मन्टेश्वरीमा आज बिदाई कार्यक्रम गरिएको छ । मन्टेश्वरीमा नर्सरी पास गरेका दश जना बालबालिकालाई विद्यालय शिक्षामा प्रवेशको शुभकामना दिदै बिदाई गरिएको हो । बिदाई कार्यक्रममा मन्टेश्वरीका विद्यार्थी, अभिभावक, शिक्षिका लगायतको उपस्थिती रहेको थियो । हेटौंडामा विगत ४ वर्षदेखी सञ्चालित मन्टेश्वरीको सेवा प्रति खुसी हुदै अभिभावकले मन्टेश्वरीलाई सम्मान समेत गरेका छन् । जतनराज रसाइलीका हजुरबुवा जसवीर, हजुरआमा चनमती, बाबु राजकुमार र आमा समिता रसाइलीले मन्टेश्वरी सञ्चालकलाई प्रसंसापत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो । समाजसेवी मुक्तिगोविन्द वैद्यले मन्टेश्वरीका बालबालिकालाई खादा ओढाएर बिदाई गर्दै सफलताको कामना गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses