Powered by Blogger.
खैराङका एमाले र एमाओवादी काँग्रेसमा प्रवेश


 हेटौँडा÷मकवानपुरको खैराङ् गाविसमा नेकपा एमाले र एकीकृत माओवादीका कार्यकर्ता पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् । जिल्ला विकास समितीका पूर्व जिल्ला सदस्य नरेन्द्र बहादुर थिङ्, खैराङ गाविकास पूर्व उपाध्यक्ष खुपबहादुर मल्लसहित ४ सय ६१ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
  यस्तै, एमाले खैराङ् १ नम्बर वडा अध्यक्ष ढकबहादुर राउत, ६ नम्बर वडा अध्यक्ष इमानसिंह घलान र एमाओवादीका खैराङ् गाविसका ओमराज थिङसहित नौ वटै वडाका अध्यक्षहरु काङ्ग्रेसमा प्रवेश गरेको काँग्रेसले जनाएको छ । काँग्रेस प्रवेश गर्नेहरुमा सीतारम प्रजा, विकेश प्रजालगायतका रहेका छन् । कार्यक्रममा नेपाली काङ्ग्रेस मकवानपुरका सभापति एवम् सांसद इन्द्रबहादुर बानियाँ, पार्टी मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, काङ्ग्रेस चार नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, महासमिती सदस्य उमा दाहाल, इन्दिरा न्यौपानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम स्थानीय लीलाकुमार नगरकोटीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

0 comments

Write Down Your Responses