Powered by Blogger.
अरुको मुख नताकौंः सुमार्गी



हेटौँडा ÷मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाज सेवी अरुण राज सुमार्गिले अरुको मुख ताक्ने प्रवृत्तिको अन्त्य हुन पर्ने वताउनु भएको छ । मुलुकमा राजनैतिक मुद्धा अधिकाँश सकिएकोले अव आर्थिक मुद्धामा लाग्न आवश्यक भएको भन्दै उहाँले अरुको मुख ताक्नु भन्दा पनि आफै सक्षम हुनु अवको आवस्यकता रहेको वताउनु भयो । रौतहटको चन्द्रनिगाहपुरमा रहेको रेडियो गुञ्जन एफ एमको निमार्णाधिन भवनको शिलान्यास कार्यक्रममा वोल्दै सुमार्गिले रोजगारीको लागि उद्योग स्थापना सँगै अन्य उत्पादन मुलक क्षेत्रमा लगानी गर्दै आर्थिक विकास गर्नु पर्ने वताउनु भयो । प्रलोभनमा परेर वैदेशिक रोजगारी पुग्दा धेरै दुख हुने भन्दै उहाँले सोच परिवर्तन गर्दै आ—आफ्नो ठाँउमा रहेर प्रतिपर्धाका साथ काम गर्न आग्रह गर्नु भएको थियो । विदेश पलाएनको समस्या रोक्न निति बलियो चाहिनेमा जोड दिदै रोजगार दाताहरुको लागि पनि उचित प्रोत्साहन गर्नु पर्नेमा जोड दिनु भएको थियो । चन्दाको भरमा देश चालाउने दिन सकिएको भन्दै अव उत्पादन, रोजगारी र देशको हक हितको लागि लाग्ने मात्र सफलता पाउने वताउनु भएको थियो । उद्योग वाडिज्य संघको क्षत्रिय अध्यक्षको हैसियतले औद्योगिक लगानिको लागि छलफल गर्न आफु तयार हरेको भन्दै आर्थिक विकासका लागि साथ सहयोग सँधै रहने प्रतिवद्धता जनाउनु भएको थियो । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सुमार्गीले नयाँ संविधानमा शहकारीले प्राथमिकता पाएको भन्दै ,जनाता सँग फराकिलो सम्वन्ध गाँस्ने भएकाले नेपालमा संचार सहकारीको भविष्य अझ उज्वल रहेको पनि वताउनु भएको थियो ।

0 comments

Write Down Your Responses