Powered by Blogger.
दोस्रो थाहा महोत्सव २०७३ भदौको अन्तिममा हुने ÷ महोत्सव अझ बढी व्यवस्थित र प्रभावकारी हुने अध्यक्ष खत्रीको भनाई

हेटौडा,१३ वैशाख /हालै गठित थाहानगर उद्योग वाणिज्य संघले आगामी भदौ अन्तिम साता दोस्रो थाहा महोत्सव २०७३ आयोजना गर्ने भएको छ । सोमबार बसेको संघको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म दोस्रो थाहा महोत्सवको आयोजना गर्ने निर्णय गरिएको महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो । महोत्सवको तयारीका लागि आवश्यक स्टेरिङ कमिटी तथा उपसमितिहरु अर्को बैठकले निर्णय गरिने महासचिव प्रधानले बताए । गत वर्ष भदौ २६ गतेदेखि असोज ४ गतेसम्म मकवानपुर उद्योग वाणिज्य संघ, उत्तरी क्षेत्र समितिको आयोजनामा पहिलो पटक थाहा महोत्सव सम्पन्न गरेको थियो । ‘अब आयोजना हुने दोस्रो थाहा महोत्सव अझ बढी व्यवस्थित र प्रभावकारी हुनेछ ।’ अध्यक्ष कविराज खत्रीले भने, ‘यो महोत्सवले उत्तरी मकवानपुरको कृषि र पर्यटन क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारात्मक महोत्सव हुनेछ ।’ दोस्रो पटक हुने थाहा महोत्सवमा करिब ३ सय स्टल रहने गरी व्यवस्थापन गरिने थाहा नगर उद्योग वाणिज्य संघले जनाएको छ ।

0 comments

Write Down Your Responses