Powered by Blogger.
मकवानपुरको लच्कामा दुर्घटना, दुर्घटनामा ४६ जना घाइते


हेटौडा,१३ वैशाख /  पुर्व पस्चिम राजमार्ग अन्तर्गत मकवानपुरको लच्का भन्ने स्थानमा भएको सवारी दुर्घटनामा ४६  जना घाइते भएका छन् । काँकडभित्ताबाट काठमाण्डांै आउँदै गरेको बा३ख९८०८ बस र बिपरित दिशाबाट आउँदै गरेको ना ५ ख ५७२८ नम्बर मिनी बसको बिचमा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा ९ छ ८०३७ जिप छिर्दा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ४६ जना मध्य ३८ जनाको अवस्था सामान्य रहेको र ८ जनाको अवस्था केहि मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गम्भिर घाईते कार चालक सहित चार जनालाई थप उपचारको लागि भरतपुर रिफर गरिएको उहाले जानकारी दिनु भयो  । बा ३ ख ९८०८ नम्बरका बस चालक प्रहरी नियन्त्रणमा रहेको र ना ५ ख ५७२८ नम्बरको मिनी बसका चालक फरार रहेको जनाएको छ । 


0 comments

Write Down Your Responses