Powered by Blogger.
आर्थिक समृद्धिका लागि अन्तरक्रृयाःलामिछाने



हेटौडा,१३ वैशाख  / नयाँ शक्ति नेपाल अन्तरीम जिल्ला परिषद् मकवानपुरको आयोजनामा वैशाख १५ गते नेपालमा आर्थिक समृद्धिका आधारहरु विषयकमा वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । आज पत्रकार सम्मेलनको आयोजनामा सबैलाई बताउदै आर्थिक समृद्धी , शुसाशन र समुन्नत समाजवाद निर्माणका लागी नयाँ विचार सहित नयाँ शक्ति निर्माणमा जुट्नका लागी एकता वद्ध तरिकाले लागि परिरहेको जिल्ला संयोजक प्रल्हाद लामीछानेले जानकारी दीनुभयो । नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्यहरु तथा जनपरिचालक विषेश कार्यदलका सदस्यहरु  मुमाराम खनाल,रामेश्वार खनाल,केवल दाहाल,करिश्मा मान्धर,गंगा नारायाण क्षेष्ठ,पासाङ सेर्पाको आथित्यता रहेने छ ।
यहि जेठ ३०, ३१ र ३२ गते राष्ट्रिय भेला मार्फत विधिवत् रुपमा पार्टी घोषणा गर्ने कार्यक्रम रहेको बताउर्दै त्यसको तयारी स्वरुप सगठन निमार्ण गर्ने र सदस्य वितरण गर्ने काममा लागिरहेको बताउनु भयो । रािष्ट्रिय भेलाको अवसर पारेर नयाँ  शक्तिले आर्थिक समृद्धिलाई मुख्य लक्ष्यको साथ अगाडि वढिरहेको बताउनु भयो । उहाँले भन्नु भयो —आर्थिक हिसालले पनि मुलुकलाई समृद्धि बनाउन सकिएन भने राजनितिक रुपले मात्र समृद्ध बनेको कुनै अर्थ हुदैन ।  विकास गर्नको लागि आर्थिक पाटोको महत्वपूर्ण हुने भन्दै आर्थिक समृद्धिको वारे सो अन्तरक्रृयामा छलफल हुने जानकारी गराउने भयो । नयाँ शक्ति नेपाल अन्तरीम जिल्ला परिषद् मकवानपुरले राष्ट्रिय सम्मेलनमा २५ सय सदस्य मकवानपुर जिल्लाबाट प्रवेश गराउने लक्ष्य साथ अनलाइन तथा विभिन्न ठाउँमा सदस्यताको लागि फारम भर्ने गरिरहेको बताउनु भयो । अनलाइनबाट ३ सय ५० जना र १५ सय भन्दा वढिले विभन्नि ठाउँबाट फर्म भरि सकेको बताउनु भयो । जिल्ला सम्मेलन तथा भेला मार्फत जिल्ला कमिटी गठन हुने नेता लामिछानेको भनाई छ ।


0 comments

Write Down Your Responses