Powered by Blogger.
अग्नि नियन्त्रण तालिम हेटौँडामा सुरु


हेटौडा,१३ वैशाख / गर्मी मौसममा आगलागीका घटनाहरु धेरै हुने गरेको अवस्थालाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिकाले पाँचदिने क्षत्रीय स्तरको आधारभुत अग्नि नियन्त्रण तालिम सुरु गरेको छ । आगलागीबाट धनजनको क्षति कम गराउन सघाउ पु¥याउने उद्देश्यका साथ नारायणी र जनकपुर अञ्चलका नौ वटा नगरपालिकाको अग्नि नियन्त्रण शाखामा काम गर्ने कर्मचारीको लागि सोमबारबाट हेटौँडामा तालिम सुरु गरिएको हो । तालिमको हेटौँडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलले उद्घाटन गरेका हुन् । ‘आगलागीबाट हुने क्षति कम गर्न सक्यौँ भने मात्र यो तालिम सफल भएको ठहरिनेछ’, कार्यकारी अधिकृत पोखरेलले भने, ‘आगो नियन्त्रणको काम निकै खोजिमपूर्ण तथा चुनौतिपूर्ण काम हो । सीप सिकेर ढङ्ग पु¥याएर काम गर्नुहोला ।’ कार्यालयका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमलिसनाले मानवीय एवम् सम्पतिको क्षति कम गर्न यस तालिमले सहयोग पु¥याउने विश्वास लिए । उनले आफू बचेर अरुलाई बचाउने कार्यमा लाग्नको निम्ति कर्मचारीलाई अनुरोध गरे । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले आधारभुत अग्नि नियन्त्रण तालिम दिएको नगरपालिकाका प्रशासन महाशाखा प्रमुख शंकर उपाध्यायले जानकारी दिए । तालिममा जुद्ध वारुणयन्त्र कार्यालय काठमाण्डौँका स्रोतव्यक्ति किशोर भट्टराईले सहजीकरण गर्ने बताइएको छ ।

0 comments

Write Down Your Responses