Powered by Blogger.
लोक गायक तथा कवि सालिकराम बर्तौलाको एकल कविता वाचन

पालुङ, २४ बैशाख /  उत्तरी मकवानपुरको पालुङमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाली भाषा,साहित्यका क्षेत्रमा बिगत लामो समय देखि क्रियाशील पालुङ साहित्य परिषद्ले कविता वाचन कार्यक्रमको आयोजना गरेको हो । स्थानीय लोक गायक तथा कवि सालिकराम बर्तौलाले एकल कविता वाचन गर्नु भएको हो । स्थानीय बासिन्दाहरूको व्यापक सहभागीता रहेको एकल बाचन कार्यक्रममा बर्तौलाले सामाजिक ,राजनीतिक बिषयहरूलाइ ब्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्नुभएको थियो । थाहा नगरपालीका वडा न ६ स्थित बाहुन गाँउको सामुदायिक भवनमा सञ्चालित उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट को प्रमुख प्रमुख आथित्यता रहेको थियो । प्रम्ुख अथिति विष्टले सुमधुर वाचन र आप्नो सिर्जनाहरु निरन्तर रुपमा नेपाली समाजमा अगाडि बढाउनका निम्ती शुभकामना दिन भएको थियो । सो वाचनमा शब्द शिला,  पालुङ साहित्य परिषद्का अध्यक्ष बिर्खे अञ्जानले कविता वाचन गरेका थिए । रमेश कार्की ,देवराज उप्रेती लगायत विभिन्न सामाजिक सँघ सँस्थाको प्रतिनिधिहरू उपस्थित रहेको थियो । साहित्य परिषद्का अध्यक्ष बिर्खे अञ्जानको सभाध्यक्षतामा मा भएको उक्त कार्यक्रम नवराज बर्तौलाले सञ्चालन गर्नु भएको थियो ।


0 comments

Write Down Your Responses