Powered by Blogger.
नगर कप फुटवल प्रतियोगिता हेटोडामा सुरु,

हेटौंडा, २४ बैशाख / नगरको सबैभन्दा ठुलो पुरस्कार राशिको नगर कप फुटवल प्रतियोगिता आजवाट हेटोडामा सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका तथा जिल्ला खेलकुद विकास समिती मकवानपुरको संयुक्त आयोजनामा आज वाट सुरु भएको प्रतियोगीताको विजेताले १ लाख नगद प्राप्त गर्नेछ । प्रतियोगितामा उपविजेताले ५० हजार नगद प्राप्त गर्ने जिल्ला खेलकुद विकास समिती मकवानपुुरले जनाएको छ । प्रतियोगिता अन्तर्गत आज भएको उद्धघाटन खेलमा १ नं वडा विजयी भएको छ। २३,२४,२५ नं वडा संय्रक्त कार्यालय हर्नामाडिलाई ४,१ गोल अन्तरले पराजीत गर्दै १ नं विजयी सूरुवात गरेको हो । १ नम्वरको जितमा,जनम जोसि १ , अशोक वराजले २ र कृष्ण वहादर रुम्वाले १ गोल गरेक थिए , संयुक्त वडा कार्यालय हर्नामाडिको तर्फवाट स’रज जिम्वाले १ गोल गरेपनी हार टार्न सकेनन् । नकआउट चरणमा सञ्चालन हुने प्रतियोगितामा विस्तारीत उपमहानगरपालिकाका १५ वडाहरुले सहभागिता जनाएका छन् । करिब ८ लाख रुपैँया खर्च हुने अनुमान गरिएको प्रतियोगिता हेटौँडा ५ क्याम्पडाँडामा रहेके खेलमैदानमा सञ्चाला भइरहेको छ ।

0 comments

Write Down Your Responses