Powered by Blogger.
लेखापालन सम्वन्धी तालिम संचालन


हेटौंडा, २२ बैशाख / सहकारी संस्थामा लेखा व्यवस्थापनलाई अझै व्यवस्थित र प्रभावकारी वनाउन सहकारीका लेखापाल तथा व्यवस्थापक कर्मचारीहरुका लागि ६ दिने लेखापालन सम्वन्धी तालिम संचालन गरिएको छ । हेटौँडामा आज बुधबारबाट शुरु भएको तालिममा २० जना हेटौडा उपमाहनगरपालिकाको विभिन्न शहकारी संस्थाका लेखापाल तथा व्यवस्थापक कर्मचारीहरुको सहभागिता रहेको छ ।
तालिममा सहकारीका गौसर भौचर, वास्लात, चारखाता, भौचर, लाभांश, साक्षी सम्वन्धी व्यवस्था,नाफा नोक्सान लगायतका बिषयमा प्रशिक्षण दिने जनाएकोे छ । हेटौँडाको डिभिजन शहकारी कार्यलय मकवानपुरको आयोजनामा भएको तालिममा हेटौँडाको डिभिजन शहकारी कार्यलय मकवानपुरका शहकारी अधिकृत तिलकराम पौडेल,विष्णु अर्याल,आश्विन अर्याल,भिम पाख्रिनले सहजीकरण गर्नु हुनेछ ।

0 comments

Write Down Your Responses