Powered by Blogger.
परिवार दल मकवानपुरमा सानु


 हेटौडा,४ असार / नेपाल परिवार दल जिल्ला कार्य समिती मकवानपुरको आज भएको पहिलो अधिवेशनले सानु मुक्तानको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिती चयन गरिएको छ । दलको बरिष्ठ उपाध्यक्षमा मायादेवी कडेल, लोकेन्द्र सुर्खेती रहनुभएको छ भने उपाध्यक्षहरुमा शुष्मा चौलागाईं, दयाराम बर्तौला, गणेश थिङ् रहनुभएको छ । कोषाध्यक्षमा कृष्णहरी ढुङ्गाना, सचिव तथा प्रबक्ता हरिबहादुर लोप्चन, उप सचिव उमा लामा रहनुभएको छ । 
यस्तै, सदस्यहरुमा शुभकन्या मोक्तान, यशोदा उप्रेती ढुङ्गाना, राजेन्द्र लामा, कृष्ण सापकोटा, विष्णु मुक्तान, प्रकाश ढकाल र लक्ष्मी पुडासैनी रहनुभएको पार्टीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । दल अध्यक्ष सानु मुक्तानको अध्यक्षता तथा दल केन्द्रिय सदस्य एवम प्रदेश नम्बर तीनका सहसंयोजक मनोजकुमार सुर्खेतीको प्रमुख आतिथ्यमा भेला भएको हो । 
प्रमुख अतिथी सुर्खेतीले नयाँ संविनधानले लोक कल्याणकारी राज्यको आधारशिला खडा गरेको बताउनुभयो । उहाँले आफ्नो पार्टी समाजमा शान्ति, सुशासन, सम्बृद्घि, समानता र राष्ट्रिय स्वाधिनताका पक्षधर भएको दाबी गर्नुभयो ।  
कार्यक्रममा नेपाली काङ्ग्रेस मकवानपुरका जिल्ला सदस्य प्रदिप कोइराला, नेकपा माओवादी केन्द्र मकवानपुरका सहसचिव प्रकाश पाण्डे, राप्रपाका तीन नम्बर क्षेत्रका अध्यक्ष सीताराम बर्तौला, नयाँशक्ति नेपालका शेरबहादुर पहरी, नेपाल विद्यार्थी सङ्गठन मकवानपुरका अध्यक्ष लक्ष्मण थोकर लगायतको आतिथ्यता थियो । 

0 comments

Write Down Your Responses