Powered by Blogger.
चट्याङले पश्चिम मकवानपुरमा ८ जना घाइते

हेटौडा,४ असार / शुक्रबार साँझ चट्याङले पश्चिम मकवानपुरमा ७ जना घाइते भएका छन् ।  सरीखेत गाविस ९ सानोभावरका ७ जना चट्याङले घाइते भएको स्थानिय रमेश स्यायाङतानले जानकारी दिनुभयो । घाइते मध्ये गम्भिर भएकी ५५ वर्षिय विष्णुमाया थिङलाई थप उपचारको लागि भरतपुर लगिएको स्याङतानले बताउनु भयो । अन्य घाइतेहरुमा माइली माया थिङ (३७), सरीता लो (३०), सुमीत्रा थिङ (३१), लक्षु मुक्तान (१४), फुलमाया दोङ (२०), सानीकान्छी घलान (२९) रहेका छन् । समाचार तयार पार्दा सम्म माइलीमाय र सरीता उपचारपछि घर फर्केको समेत स्याङतानले जानकारी दिनुभयो ।  एन सेलको टावरको प्रभावको कारणले गर्दा १ कीलोमिटर आसपास चट्याङको मार खेप्नु परेको स्थानियको गुनासो रहेको छ । त्यसैगरी शनिवार पनि चट्याङले सोहि स्थानकी सपना मोक्तान (२५) बेहोस भएको मोक्तानले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses