Powered by Blogger.
काँग्रेसको सिस्नेरी गाउ कार्य समितिमा बानियाँ


मकवानपुर ,२३ जेठ । नेपाली काँग्रेसको सिस्नेरी गाँउ कार्य समिति विस्तार भएको छ । 

शनिबार सिस्नेरी गाँउ कार्य समितिको आयोजनामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति ईन्द्र बानियाँको प्रम्रख आतिथ्यतत रहेको थियो । 

कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, महासमिति सदस्य भरत लामा, नेपाली कांग्रेस जिल्ला कार्य समितिका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, क्षेत्रीय सभापति एतिराज सापकोटा, जिल्ला सदस्य आनन्द कठायत, संगठन विभाग प्रमुख कृष्ण प्रसाद संजेल, तरुण दल जिल्ला अध्यक्ष सुनिल दहाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमबाट राजराम बानियाँको सभापतित्वमा १३ सदस्यीय गाउँ कार्य समिति समेत विस्तार भएको हो । कार्यक्रममा ९६ जनाले विभिन्न पाटी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

0 comments

Write Down Your Responses