Powered by Blogger.
एमाले हेटौंडा २ मा तिमल्सिना


हेटौडा, २२ जेठ । नेकपा एमाले हेटौंडा उपमहानगर पालिका २ नम्बर वडा कमिटीकोे अधयक्षमा रामकृष्ण तिमल्सिना चयन भएका छन् ।

शनिबार भएको अधिवेशनले तिमल्सीनाको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । कमिटी उपाध्यक्षमा शारदा ढोडारी, सचिवमा दीपेश घिमीरे, सदस्यमा हरी राउत लगायत बीस जना रहेका छन् । 

एक जना पछि मनोनित गरिने पार्टीले जनाएको छ । चन्द्रशेखर ढुङ्गानाको अध्यक्षता तथा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो । 

कार्यक्रममा पार्टीका तीन नम्बर क्षेत्रका अध्यक्ष हरिबहादुर महत, पूर्वी कमिटी अध्यक्ष नवराज खतिवडा, एमाले मकवानपुरका सदस्य नवीन सिग्देल, इश्वर ढुङ्गाना, हरि राउत, राजन थापा, बोलबहादुर कार्की, अन्जु अधिकारी लगायतको सहभागिता थियो । 



0 comments

Write Down Your Responses