Powered by Blogger.
हेटौंडामा वातावरण दिवश सम्पन्न, पत्रकार दाहाल सम्मानीत



हेटौंडा, २३ जेठ । ‘हाम्रो जीवजन्तु हाम्रो वातावरण र वन, संरक्षण गरौ यसलाई सम्पूर्ण तन मन र धन’ भन्ने मुल नारा सहित हेटौँडामा ४४ औ विश्व वातावरण दिवस मनाईएको छ । 
आइतबार हेटौँडामा बृहत कार्यक्रमको आयोजना गरि वातावरण दिवस मनार्ईएको हो । टोल विकास संस्था नगर समन्वय समिती हेटौँडा उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहेको मध्यमाञ्चल क्षेत्रीय प्रशासक मुकुन्दराज प्रकाश घिमिरेले सबै नागरिक सचेत भए वातावरण प्रदुषण कम हुने बताउनु भयो । 
 वातावरण प्रदुषण अहिले विश्वको सबैभन्दा ठुलो समस्या भएको बताउँदै उहाँले प्रत्येक नागरिक सचेत भए यो समस्या समधान हुने बताउनु भयो । 
४४ औ विश्व वातावरण दिवस मुल आयोजक समितीका संयोजक इश्वर ढुङ्गनाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेल, एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, माओवादी केन्द्रका मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामी, नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा लगायतको आतिथ्यता रहेको थियो । 
कार्यक्रममा उत्कृष्ट ¥यालीमा नवलपुर सडक टोल विकास सस्था हेउनपा ११ ले प्रथम स्थान हाँसील गर्दै नगद १० हजार रुपैंया  प्राप्त गरेको छ । 
त्यसैगरि चिसापानी टोल विकास संस्था हेटौडा उपमहानगररपालिका ४ द्वितिय, सहयोगी आमा समुह हेटौडा उपमहा नगररपालिका ५ तृतिय तथा ढुङ्गेधारा टोविस र आदर्श आमा समुहले संयुक्त रुपमा सान्त्वना स्थान हाँसील गर्दै क्रमश ८ हजार, ५ हजार तथा ३ हजार प्राप्त गरेका छन् ।
त्यसैगरि विद्यालय तर्फ अमर मावि प्रथम, सिद्धार्थ उच्चमावि द्वितिय, सोलिड्यरेटी उमावी तेश्रो तथा प्रगति उच्च मावि र लक्ष्मी निमावी संयुक्त रुपमा सान्त्वना हुँदै क्रमश ५ हजार, ३ हजार २ हजार र १५ सय प्राप्त गरेका छन् ।  
वातावरण दिवसकै अवसरमा हेटौँडा उपमहानगरपालिकामा फोहोर ब्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै ग्रिन एण्ड क्लिन सिटी तथा वातावरण प्रदुषण कमी गर्न सचेतना प्रदान गरेको भन्दै टिम टिभीलाई सम्मानित गरिएको छ । 
यसैगरि वातावरण सम्वन्धी समचार सम्प्रेषण गरि आम जनसमुदायलाई सु– सुचित गराएको भन्दै हेटौँडा टुृडे दैनिकका समाचार संयोजक धर्मेन्द्र दाहाल एवम् टिम टिभीका कपिल खड्कालाई सम्मानित गरिएको छ । उनीहरुलाई सम्मान पत्र सहित नगद ३ हजार रुपैयाले सम्मान गरिएको हो ।


0 comments

Write Down Your Responses