Powered by Blogger.
राप्रपा नेपाल मकवानपुरको जिल्ला अधिवेशन जारी


हेटौंडा, २५ जेठ । राप्रपा नेपालका अध्यक्ष तथा परराष्ट्र एवं उपप्रधान मन्त्री कमल थापाले नयाँ नेपाल निमार्णका लागि भन्दै इतिहास, धर्म, सस्कृतिलाई कमजोर र नष्ट पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको अधिवेशनलाई सम्वोधन गर्न गृहजिल्ला मकवानपुर आईपुग्नु भएका उपप्रधान तथा पराराष्ट्र मन्त्री थापाले यस्तो बताउनु भएको हो ।

नयाँ बनाउनको लागि भत्काउनु पर्ने आवश्यकता छ भन्ने कुरा गलत भएको बताउँदै उनले परिर्वतन निरन्तर हुनु जरुरी रहेको बताए । विकासको लागि मकवानपुर जिल्लामा ठुला ठुला योजना बजेटमा उल्लेख गरिएको बताउदै मकवानपुर जिल्लाको विकासको भविश्य अति उज्वल रहेको उनले बताए । 

देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान संविधान कार्यान्वयन अनिबार्य रहेको भन्दै यसतर्फ अघि बढ्न सबै राजनीतिक दलहरुलाई आग्रह गरे । अध्यक्ष थापाले प्रजातन्त्रको लागि लडेका भन्ने पार्टीहरु बहुमतले गरेको निर्णय अस्विकार गरेर आन्दोलन गरिरहेकोमा आश्चर्य व्यक्त गरे । प्रजातन्त्रमा विश्वास गर्ने हो भने आफुलाई चित्त नबुझेको विषय चुनाव जितेर आफ्ना मान्यता स्थापित गराउन सक्नुपर्ने उनले दलहरुलाई चुनौती दिए । 


उनले अर्को चुनावसम्मको लागि सरकार फेर्नु आवश्यक नरहेको समेत बताए । कार्यक्रममा राप्रपा नेपालका सांसद गणेश थापा, केन्द्रीय सदस्य मधु अधिकारी, दिपक बहादुर सिंह लगायतले बोलेका थिए । 
दुई दिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने पार्टी जिल्ला अध्यक्ष नवराज विष्टले बताए ।


0 comments

Write Down Your Responses