Powered by Blogger.
‘नेता प्रचण्ड, गुरु रुपचन्द्र’ यहि दर्शन, सिद्धान्त र दृष्टीकोणमा छु

अधिवक्ता रामनारायण विडारी, सांसद
रुपचन्द्र बिष्टका बारेमा आज २५ वर्ष उमेर पुगेका राजनीति तथा सामाजिक विषयमा चासो राख्ने व्यक्तिले सामान्य हेक्का सम्म राख्ने गरेका छन् । ३५ वर्ष  उमेर पुगेकाले सामान्य जानकारी समेत राख्दछन् । त्यस भन्दा माथीकाले भने समालोचना गर्न समेत सक्दछन् । 

भावी पुस्ताले भने अध्ययन गरि कार्यन्वयनमा जोड दिनेछन् । रुपचन्द्रलाई अब ४५ वर्ष पछि धेरै सम्मान गर्नेछन् । किनकी त्यसबेलामा रुपचन्द्रले होच्याएका विभिन्न   ठाउँका सामन्त तथा बद्मासहरु जिवित रहनेछैनन् । अहीले ति मान्छे ज्यूँदै छन्, जसलाई रुपचन्द्रले समाजको अगाडि नै खुलेआम गाली गरेका छन् । उनले मान्छेको मनमा भएको कुरा वुझेर त्यसलाई तत्काल गाली गर्न सक्थे र गर्थे । अब ति मान्छेले रुपचन्द्रलाई प्रसंसा गरेको सुन्न चाहँदैनन् । 

रुपचन्द्रलाई विनापूर्वाग्रही मान्छेले सम्मान गर्छन् । यस्तो हुन यो पुस्ता सकिएर नयाँ पुस्ताको उदय भए पछि मात्र संभव छ । २०५६ मा करिव स्वच्छामरण गर्न पुगेका रुदानेको मृत्यु पश्चात वहाँको संझनामा केही कुरा गरौ भन्नेहरु हेटौडामा भेला भए ।

जुन दिन रुदानेको मृत्यु भएको १३ रौं दिन भएको थियो । जसबाट रुपचन्द्र बिष्ट स्मारक तदर्थ समिति गठन भयो । यो तदर्थ समितिलाई स्थायी समिति बनाउन काठमाण्डौमा वृहत भेला भयो । जसबाट रुपचन्द्र विष्ट स्मारक समिति गठन भयो । 

समितिले हरेक वर्ष असार ७ गते कुनै न कुनै कार्यक्रम काठमाण्डौ, हेटौडा र दामनमा सम्पन्न गर्दै आएको थियो । यो वर्ष दामन(थाहा नगर पालिका ७) मा नगर पालीकाको आयोजनामा स्मृति सभा तथा स्मृति भवन परिसरमा भवन निर्माण समितिले वृक्षारोपण ग¥यो । जुन कार्यक्रममा  स्मारक समितिको केन्द्रीय अध्यक्षको प्रमुख आतीथ्यमा गरेको थियो । सो सभाको संक्षीप्त मन्तव्य राख्दा निम्न कुरा भयो ः समितिले रुपचन्द्र बिष्टको सम्झनामा एक थाहा स्तम्भ बनाउन हेटौडा नगरपालिकालाई माग गरेको थियो । हेटौडा नगर पालिकाले समितिसंग परामर्श र सहयोगमा शहिद स्मारकमा एक थाहा स्तम्भ निर्माण गरेको छ । 

समितिको सक्रियतामा रुपचन्द्र विष्टले आफ्ना जीवनकालमा निकालेका विभिन्न पर्चा, हाते पातो, पत्रपत्रीकामा रुपचन्द्रका बारेमा निकालिएको टिप्पणी, उहाँका बारेमा विभिन्न महानुभावहरुले व्यक्त गरेका कुरा र राष्ट्रिय पञ्चायतमा उहाँले बोलेका केही कुराहरु समेत समावेश गरी ३ सय ४० पृष्ठको थाहा पुस्तक प्रकाशन गरियो । यो पुस्तक स्मारक समितिमा सम्पर्क गरी किन्न पाइने छ । 

समितिको माग अनुरुप नेपाल सरकारले  रुपचन्द्रको फोटो, थाहा अंकित हुलाक टिकट समिति कै सहयोग र परामर्शमा प्रकाशन गरेको छ । समितिको केन्द्रीय अध्यक्ष संविधान सभाको सदस्य भए पछि सदनमा र संविधान सभामा थाहा, जनमुखी राजनीति, रुपचन्द्र बिष्टका वारेमा चर्चा पनि चुलिएको छ । देशको सर्वोच्च विधायीका संसदमा यसवारेमा रेकर्ड गरिएको छ । 

२०४७ देखि २०७० सम्म थाहा, जनमुखी, रुदाने सदनमा चर्चा हराएकोमा २०७१ देखि पुनः सुरु भएको छ । थाहा नगरपालिका नामाकरण पछि यो नगर देशको नमुना नगरमा छनोट भएको छ । नामाकरण हुनु र छनोटमा पर्नु पनि रुदाने प्रति सम्मान हो ।  देश भरका नगर मध्ये छनोट गर्दा १५वटा मध्येमा नै नमुना नगरमा परेको छ । यसको विकासको लागि वार्षीक बजेट केन्द्रवाट नै विनियोजन गरीएको छ । 

जिविसको सहयोगमा समितिको परामर्शमा रुदानेको पूर्ण कदको शालिक निर्माण थाहा नगर भित्र  (रुपचन्द्रद्धारा निर्मित ऐतिहासिक विकास घरमा) निर्माण भएको छ । जहाँ दामन पालुङका सहकर्मीहरुको सक्रीयता थियो । 

स्मारक समितिको प्रस्ताव तथा नेपाल सरकार शान्ती तथा पुर्ननिर्माण मन्त्रालयको सर्मथन र सहयोगमा र समितिका अध्यक्षको सिफारिसमा निर्वाचन क्षेत्र विकास कोष र थाहा नगरपालिकाको आर्थीक सहयोगमा रुपचन्द्र विष्ट स्मृति भवन र पार्क थाहा नगरपालिक वडा नम्मर ८ मा निर्माणाधिन अवस्थामा छ । यसमा सद्भावना सामुदायीक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयले पनि गरेको छ ।

स्मारक समितिको प्रस्तावमा शान्ती मन्त्रालयको सहयोग तथा सर्मथनमा हेटौडा उपमहानगर पालिका वडा नं ४ मा निर्वाचन क्षेत्र पुर्वाधार विकास कोष र निर्वाचन क्षेत्र विकास कोषको वजेट सांसदहरुले सिफारिस गरि रुपचन्द्र विष्ट वाचनालय निर्माणाधिन  अवस्थामा छ ।

आर्थिक वर्ष ०७३÷७४ को वजेट भाषणवाट रुपचन्द्र विष्टको सम्मान र सम्झनामा बजेट नै विनियोजन गर्ने  किटान गरेको छ । यो नेपाल सरकारले रुपचन्द्र विष्टमाथी गरेको सम्मान हो । विकास घर जुन ऐतिहासिक हो । यसको निर्माण विवरण नै भावि पुस्ताको लागी अचुक शिक्षा हुनेछ । जसलाई संरक्षण गर्न नेपाल सरकारले वार्षिक वजेटमा सम्झना गरेको छ । 

यी सवै कामहरु स्मारक समितिको प्रस्ताव भए पनि हेटौडा नगर पालिका, जिविस मकवानपुर, नेपाल सरकार, वर्तमान प्रधान मन्त्री, अर्थमन्त्री र निवर्तमान शान्ती मन्त्रीलाई र दामनवाशी जनता, जिल्ला स्थीत सवै राजनीतिक दल, श्रमिक मावि, ऋषेश्वर सामुदायीक वन, सरकारी कार्यालयहरुलाई स्मारक समिति धन्यवाद अर्पण गर्दछ । 
यहि दिन शिक्षा मन्त्रीको प्रमुख आतिथ्यमा रुदानेले स्थापना, संचालन, चौतर्फी विकास तर्फी कार्यतालिकाको अभ्यास गर्नु भएको जनकल्याण उच्च माविमा कृषी सम्वन्धी प्राविधिक शिक्षा र आग्रा डाँडेबासमा इन्जीनियरिङ सम्वन्धी प्राविधिक शिक्षाको उद्घाटन गर्नु भयो ।

शिक्षा मन्त्रीले रुपचन्द्र विष्टसंग धेरै अन्र्तवार्ता उस समयमा लिनु भएको थियो । वहा रुपचन्द्रलाई आस्थाको केन्द्र भन्नु हुन्छ ।  रुपचन्द्र विष्टले के गर्न खोजेका थिए ? त्यो कामलाइ यी माध्यमवाट अगाडि बढाउने, काम गर्न खोज्नेहरुले अब एकिकृत हुन आवश्यक छ । जुनसुकै राजनीतिक दलमा भए पनि सत्य र ठिकका हिमायतीहरु एक ठाउँमा वसेर उपरोक्त माध्यमहरु प्रयोग गरेर थप भौतिक पुर्वाधार बनाएर मान्छे व्युँझाउने आन्दोलन उठाउनुपर्छ । आन्दोलन थाहा भनेको श्रमिक व्युझाउँने र शसक्तीकरण गर्ने जनमुखी राजनीति  हो । साथै जीवन भर जिउने तरिका सिकाउने रुपचन्द्रको जीवनी अध्ययन गर्ने अवसर सवैमा पु¥याउनु अति आवस्यक छ । यो कामको निम्ति स्मारक समिति वृहत छलफल गर्न तयार छ ।

समितिको अध्यक्ष नै सांसद पनि भएकोले सरकार र जनताबीच पुलको काम गर्न सजिलो पनि भएको छ । यसका निम्ती सवै मकवानपुर जिल्लावाशी र देश भरका सर्मथक सक्रिय हुन र सहयोग पु¥याउन रुपचन्द्र विष्ट स्मृती दिवसको अवसरमा  स्मारक समिति विशेष आग्रह गर्दछ । 

कक्षा नौ पढदा देखि (२०३० देखि२ ०५६ सम्म  २६ वर्ष  अटुट राजनीतिक सम्वन्धमा रहेको र आज सम्म सोही आस्थामा नै दलमा काम गरि रहेको छु । यदि दलले यो आस्था मान्न दिन्न भन्ने भएमा म यो आस्था नै मान्छु, दल मान्दीन । तर हाल दलले यो छुट दिएको छ ।  रुपचन्द्र दलको पनि आस्था नै हो  । 

‘हाल नेता कमरेड प्रचण्ड । सदा गुरु रुपचन्द्र ।’ यहि दर्शन, सिद्धान्त र दृष्टीकोणमा छु । मिल्यो कि मिलेन थाहा चाहियो । अहिलेको संविधानमा टेकेर समाजवाद र थाहा दर्शनमा टेकेर मानवतावादमा पुग्न कोसिश गरिन्छ । श्रमिक र नारीको एकलौटी हक जनमुखि राजनिति र मान्छेमात्रको एक लौटीहक थाहा दर्शन हो ।  यसका बारेमा क्रमसः काम गर्र्दै गइन्छ ।



0 comments

Write Down Your Responses