Powered by Blogger.
बिश्वकर्मा लोहारहरुको भव्य भेला, मकवानपुरका २ विश्वकर्मा पदाधिकारी चयन


काठमाडौं, १३ असार । देशभरी रहेका बिश्वकर्मा लोहारहरुको प्रारम्भिक राष्ट्रिय भेला एक भव्य समारोहकाबीच सम्पन भएको छ । 

लोहार बन्धुहरुको एकतालाई मजबुत बनाई उनीहरुको आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक बिकासका लागि योजना निर्माण गर्ने, कुल बंशको खोज अनुसन्धान गर्ने साथै समाजको कलंकको रुपमा रहेको जातीय छुवाछुतलाई अन्त्य गर्दै समतामूलक समाज निर्माणको अभियानमा निरन्तर अघि बढ्न भेलाले महत्वपूर्ण दिशानिर्देश गरेको छ । 

भेलामा दलित नागरिक समाजका संयोजक मोतिलाल नेपालीले बिश्वकर्मा लोहारहरुको उत्पति र बिकास, दलित अधिकारकर्मी युक्तलाल बिश्वकर्माले आगामी कार्ययोजनाको बिषयमा पेश गर्नुभएको कार्यपत्रमा बृहत छलफल गरि पारित गरेको छ ।

भेलाले लोहारहरुको ऐतिहासिक कुलबंशको खोज अनुसन्धानको लागि प्रतिष्ठानको रुपमा बिकास गर्ने निर्णय गरेको छ र लोहार कुल बंश संरक्षण प्रतिष्ठान नेपाल समेत नामकरण गरेको छ । पुर्व डिएसपी तथा समाजसेबी गोपाल प्रसाद विश्वकर्माको अध्यक्षतामा सम्पन पहिलो चरणको कार्यक्रममा स्वागत मनोज जैगड़ी लुहारले गर्नु भएको थियो । 

यसैगरी कार्यक्रमको सफलताको शुभकामना दलित अधिकारकर्मीहरु गणेश कालिराज, दिवानी लोहार, ललित लोहार, कमल कुमार बिश्वकर्माले दिनु भएको थियो ।  कार्यक्रमको संचालन दलित अधिकारकर्मी पदम बहादुर बिश्वकर्माले गर्नु भएको थियो ।

भेलाले गोपाल प्रसाद बिश्वकर्मा (काठमाण्डौ) को अध्यक्षतामा २ सदस्यीय पछि थप्ने गरि १५ सदस्यीय राष्ट्रिय कार्य समिति गठन गरेको छ । 

यसैगरी गठित कार्यसमितिमा उपाध्यक्ष तिलकबहादुर लोहार(ओखलढुंगा) महासचिब युक्तलाल बिश्वकर्मा (मकवानपुर ) सचिब पदम बहादुर बिश्वकर्मा (रामेछाप) कोषाध्यक्ष मनोज जैगड़ी लुहार ( कैलाली ) र सदस्यहरुमा गणेश कालीराज (काठमाण्डौ) ,कमलकुमार बिश्वकर्मा (मकवानपुर ), ललित लोहार (झापा ), दिवानी लोहार (दार्चुला ), गोपीराम कामी ( डढेलधुरा ), तिलक बिश्वकर्मा( रामेछाप), गौरब बिश्वकर्मा (मकवानपुर ), दयाराम लोहार (कालिकोट )  हुनुहुन्छ ्र भेलाले कुल बंशको खोज अनुसन्धान, राष्ट्रिय भेला र जातीय मुक्ति आन्दोलनका निर्दिष्ट योजनाहरु निर्माण गर्न जिम्बेवारी समेत प्रदान गरेको छ । 



महासचिब युक्तलाल बिश्वकर्मा (मकवानपुर ) 

कमलकुमार बिश्वकर्मा (मकवानपुर )

0 comments

Write Down Your Responses