Powered by Blogger.
‘हिमालकी रानी’ आँउदै


काठमाडौं । हिमाली सामाजिक परिवेशको कथावस्तु समेटिएको चलचित्र ‘हिमालकी रानी’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

निर्देशक रोशन फ्युबा तामाङद्धारा निर्देशित यस चलचित्रको ९० प्रतिशत भाग छायांकन सकिएको छ । गणेश हिमालको आसपास धादिङको तिप्लिङ र रसुवाको गत्लाङमा अधिकांश दृश्यांकन गरिएको हो । 

दुर्गम गाउँ त्यसमाथि हिमालको कुहिरो भित्र लेकबेंशी गर्दै जीवन बिताएकी चेलीको कथा समेटिएको छ । त्यही चेली अन्ततः चौँरी गोठालो हुदै चिज उद्ममी बनेको पाठ कथाले दिएको छ ।  स्थानीय कलाकारहरु क्रमश ः प्रदिप फ्युबा , शान्ता लामा , प्रकाश वाईबा ,लक्ष्मी घिसिङ , मर्नेन वाईबा , कान्छा लामा , गोम्बो तामाङ , गा घले जयबिर तामाङ ,महेन्द्र तामाङ लगायतले अभिनय गरेका छन् ।

निर्देशक तामाङको कथा÷पटकथा ÷सम्बाद÷गीत रचना÷संगीत  रहेको यस चलचित्रमा प्रकाश वाईबाले छायांकन गरेका छन् भने सिङ्ग तामाङकोे नृत्य र महेन्द्र तामाङको द्धन्द्ध  रहेको छ ।  ल्हाप्साङकार्पाे म्युजिक सेन्टर प्रालिको प्रस्तुतीमा निर्मित यस चलचित्रको बाँकी दृश्य काठमाण्डौमा छायांकन गरिने भएको छ । 

जसमा अभिनेता क्याप्टेन बिजय लामाको अभिनय रहने सञ्चार संयोजक अर्जुनबहादुर तामाङले जानकारी गराए । ल्हाप्साङकार्पो समूहको निर्माण रहेको यस चलचित्र निर्देशक तामाङको तेस्रो चलचित्र हो ।

  

0 comments

Write Down Your Responses