Powered by Blogger.
तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य रामलाल श्रेष्ठको स्मरणमा बाटोको नाम परिवर्तन


बज्रबाराही(टिष्टुङ), ३० जेठ । उत्तरी मकवानपुरको कुन्छाल कुलेखानी सडकलाई रामलाल मार्ग नामाकरण गरिएको छ । तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य स्वर्गीय रामलाल श्रेष्ठको योगदानको कदरस्वरुप उक्त बाटोलाई रामलालमार्ग घोषणा गरिएको हो ।

नामाकरण घोषणा गर्दै सांसद तिर्थराम डंगोलले विकास निर्माणको काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए । त्यस्तै पूर्व प्रधानपञ्च कृष्णभक्त श्रेष्ठले उहाँको पहलबाट मात्रै बाटो निर्माण सम्भव भएको वताए । त्यस्तै स्थानीय समाजसेवी किरणकृष्ण जोशीले श्रेष्ठको योगदानको जति प्रंशसा गर्दा पनि नपुग्ने बताउँदै अब स्थानीयस्तरको विकासका लागि सवैले आप्mनो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने वताए ।

अन्यत्रै भएर खन्न लागिएको सो बाटो श्रेष्ठको विशेष पहलमा हालको स्थान भएर लैजान सफल भएको टिष्टुङ बज्रवाराही नेवा पुचका अध्यक्ष नरेश महर्जनले जानकारी दिए । ‘स्वर्गीय श्रेष्ठले पहल नगर्नु भएको भए यो ठाउँ अझै दुर्गम जस्तै हुन्थ्यो, त्यसैले उहाँको कदरस्वरुप हामीले उहाँको नामबाट बाटोको नामाकरण गरेका हौ ।” महर्जनले भने ।

यो बाटो थाहा नगरपालिका १२ कुन्छालदेखि सरस्वती बजार हुँदै चित्लाङ गाविसको टौखेल यो सडकको निर्माणसँगै कृषि र पर्यटनको विकास बढेको स्थानीय वताउछन् । विंसं. २०३३ सालमा बनेको यो बाटो भएर राजधानीबाट दामन पालुङ हुँदै तराई छिचोल्न सकिन्छ । श्रेष्ठको वि.सं. २०४५ सालमा निधन भएको थियो ।


0 comments

Write Down Your Responses