Powered by Blogger.
नख्खुजेल विद्रोहीका सेल्टरदाता मानबहादुर सांसदलाई अन्तिम इच्छा बिसाएर अस्ताए फाखेलमा


काठमाडौं । नेकपा (एमाले) को राजनीतिक विराशत  जोडिएको तत्कालीन नख्खुजेल विद्रोहीलाई भूमीगत कालमा मकवानपुर फाखेलमा संरक्षण  गर्ने तत्कालीन जनपक्षीय प्रधानपञ्च मानवहादुर लामाको अन्तिम श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार फाखेल स्थित चिहानडाँडामा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडाले पार्थिव शरिरमा पार्टी झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली प्रदान गरेका हुन् । लामाको  निधनले एमाले फाखेलले  आफ्नो कुशल अविभावक गुमाएको बताएको छ  ।

नेकपा एमाले लाई  अत्यन्त माया गर्नु हुने एमाले अभिभावक फाखेल ५ घट्टेखोला निवासी मानबहादुर लामा को ८५ बर्षको उमेरमा  विहिबार निधन भएको थियो ।  लामाको अन्त्यष्टी कार्यक्रममा नेकपा एमाले का गाउँ देखि क्षेत्र अनि जिल्ला हुँदै केन्द्र सम्मका नेता कार्यकर्ताको  बाक्लो उपस्थिति थियो । कार्यक्रममा  एमाले केन्द्रिय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज खतिवडाले उहाको निधनले पार्टीमा अपुरणीय क्षति भएको र सबैको मानस पटलमा उहाँ अमर रहने बताए । 

स्वर्गीय लामाले फाखेलको समृद्धि र बिकासका लागि गर्नु भएको योगदानको  समेत वक्ताहरुले चर्चा गरेका थिए । कार्यक्रममा मकवानपुर जिल्ला विकास समितिका पूर्व सभापति, सांसद तथा एमालेका पूर्व केन्द्रीय सदस्य विरबहादुर लामा, एमाले जिल्ला सचिवालय सदस्य तथा २ नम्मर क्षेत्रका इन्चार्ज विष्णुप्रसाद ढकाल, जिल्ला कमिटी सदस्य तथा थाहा नगरका इन्चार्ज रामचन्द्र बल, क्षेत्रीय अध्यक्ष बिदुर हुमागाँई, थाहा नगर कमिटी अध्यक्ष अच्यूतमप्रसाद ढकाल, युवा संघ जिल्ला उपाध्यक्ष किरणमान बल लगायतको उपस्थिति थियो । 

कार्यक्रममा स्वर्गिय लामाका नाती तथा २ नम्मर क्षेत्रीय कमिटी उपाध्यक्ष जीवन लामाले स्वर्गिय लामाको चिनारी प्रस्तुत गरेका थिए भने गाँउ कमिटीका कार्यबाहक अध्यक्ष धनराज महर्जनले  शोक सभाको अध्यक्षता गरेका थिए ।

तत्कालीन  चित्लाङ गाउँ पञ्चायतको जनपक्षीय वडा सदस्य, वडा अध्यक्ष हुँदै फाखेल गाउँ पञ्चायतको प्रधानपञ्च भएर स्वर्गीय लामाले सामाजिक क्षेत्रमा योगदान गरेका थिए ।  लामा कुलेखानी फाखेल हुमाने सडकको परिकल्पनाकार र योजनाकर तथा सुरुवात गर्ने मध्येका एक, श्री मञ्जुश्री जन प्राविको सङ्थापक, वौद्ध धर्म संस्कार भित्र अज्ञानता बस गरिएको  विकृति, विसङतिहरुलाई हटाउन पहल गर्ने प्रमुख एवम् श्री लोकेश्वर ङ्युङ्ने(मौन व्रत )समितिको संस्थापक अध्यक्ष समेत रहनुभएको थियो । 

स्वर्गीय लामाले २०३३ सालको नख्खुजेल विद्रोह गरेर वीरबहादुर लामाको नेतृत्वमा  फाखेलमा सेल्टर लिन आएका तत्कालीन नेकपा कोअर्डिनेशन  केन्द्र र मालेका महासचिव सीपी मैनाली लगायतका नेताहरूलाई संरक्षणको भूमिका निर्वाह गर्दा तत्कालीन फासिष्ट पञ्चायती सरकारका प्रशासन प्रमुखहरुले  यातना र मानशिक तनाव दिएका थिए । ‘वीरबहादुर लगायतका बहुदलवादी नेताहरू कहाँ कतातिर बस्छन् प्रधानपञ्च ज्यु ?’ भनेर सोधिखोजी गर्ने, आर्थिक प्रलोभन दिने अनि आर्थिक प्रलोभनले पनि नलोभिए पछी प्रशासनिक दवाब दिने गरेको बताइन्छ ।

स्वर्गीय लममा निडरका साथ सुरु देखि जीवनको अन्तिम दिन सम्म पनि कम्युनिस्ट पार्टी एमालेप्रतीको सद्भाव र ०७० को सविधान सभा निर्वाचनमा पार्टीको उमेद्वारलाई मत माग्दै अन्तिम सास रहुन्जेल सम्म पनि सामाजिक विकास मै चिन्तित भएर लाग्नुभएको उहाँको नाती जिवन लामाले बताए । 

नेकपा एमाले लाई सधै माया गर्नु हुने उनै लामा आफू मृत्यु शैयामा जीवन मरणको दोसाँधमा रहँदा पनि विकासकै लागि चिन्तित रहनुभएको थियो । जुन कुरा उनले जिवनको अन्तिम कालमा मकवानपुर क्षेत्र नम्मर २ का सांसद सुवासचन्द्र ठकुरी लाई लेखेको पत्रबाट पुष्टी हुन्छ । जहाँ उहाँले  आफ्नो अन्तिम इच्छा नै बाटो निर्माण रहेको उल्लेख गर्नुभएको छ ।

केही महिना अघि फाखेलमा तत्कालिन नख्खुजेल विद्रोहीलाई जंगलको झ्याउ खोजेर बेचेर पाल्ने ठूलीमाया बलका् निधिन भएको थियो ।  पार्टीकी आमा घोषीत उहाँलाई पनि एमाले नेताहरुले पार्टी झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली प्रकट गरेका थिए । 

एमाले फाखेलले कम्युनिष्ट आन्दोलनको ऐतिहासक महत्व बोकेको फाखेललाई कम्युनिष्ट पार्कका रुपमा विकास गर्ने अभियान समेत थालिसकेको छ । 





0 comments

Write Down Your Responses