Powered by Blogger.
युवासंघ मकवानपुर २ मा पाण्डेको घोषणा, को को परे कमिटीमा ?


हेटाँैडा, ४ असार । नेकपा एमालेको भात्रृ संगठन युवा संघ नेपाल २ नम्मर क्षेत्रीय कमिटिको अध्यक्षमा सागर पाण्डे चयन भएका छन् । 

शनिवार सम्पन्न क्षेत्रीय अधिवेशनले पाण्डेको अध्यक्षतामा २९ सदस्य कमिटि निमार्ण गरेको हो । कमिटिको उपाध्यक्ष किरण गोपाली, सचिब जितबहादुर मगर, उपसचिब नबिन तिमल्सिना र कोषाध्यक्षमा राजेश सापकोटा निर्वाचित गरेको छ ।

यसैगरी सदस्यहरुमा चेतबहादुर थापा, बसन्त थापा, विष्णु महर्जन, गुणराज पुडाशैनी, खड्गबहादुर गोपाली, पवन खड्का, बिमला गरञ्जा, गजेन्द्र कार्की रहेका छन् । यसैगरी सन्तोष थापामगर, रामकुमार विक, प्रकाश लामा, इन्द्रजित देवकोटा, राजेश महत, सुभाष विष्ट, विपिन काकी, रबिन्द्र नापित रहेका छन् । 

यस्तै नबिन कार्की, सुजन कार्की, डेनीलाल श्रेष्ठ, भाइकृष्ण बलामी, जोनसोन परियार, बेली कार्की, खड्गबहादुर बलामी र सन्तोष घागामगर रहेका छन् ।  बिजयीलाई युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष हिदम लामाले सपथग्रहण गराएका थिए ।

तर क्षेत्रीय अधिवेशन विधान सम्वत नभएको भन्दै क्षेत्रअन्तर्गत्को थाहा नगर कमिटीले भने बहिस्कार गरेको जनाएको छ । नगर कमिटी अध्यक्ष बिक्रम केसीले प्रतिनिधि छनौट प्रक्रिया विधानमा व्यवस्था भएबमोजिम नगरी क्षेत्रीय कमिटीले आफूखुशी निर्णय गरेको भन्दै बहिष्कार गरेको बताए ।

संगठनको विधानमा गाउँ कमिटी बराबरको हैसियतमा नगरको वडा प्रतिनिधि छनौट गर्ने व्यवस्था भएपनि क्षेत्रीय कमिटीले सो व्यवस्थाको बिरुद्धमा निर्णय गरेको भन्दै अधिवेशन बहिष्कार गरेको केसीले बताए । केसीका अनुसार गाउँ कमिटीबाट ३ जना प्रतिनिधि चयन हुने व्यवस्था अनुसार नगरको वडाबाट पनि ३ ३ जना प्रतिनिधि अधिवेशनका लागि छनौट हुनुपर्नेमा क्षेत्रले नगरको एक वडाबाट एक जना र नगर कमिटीबाट ४ जना गरी कूल १९ जनामात्र आउन निर्देशन दिएको उनले बताए । 

नगरबाट ५० प्रतिनिधि सहभागी हुन पाउने प्रावधानलाई मिच्दै १९ जनालाई मात्र सहभागी गराउन ठाडो निर्देशन आएपछि हामीले अधिवेशनमा सहभागिता नजनाएका हौं,  केसीले बताए ।

यसैबीच युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पहारीले राष्ट्रको हित बिपरित लाग्ने र अशान्ती फैलाउने दललाई युवासंघले बढार्ने बताएका छन् । शनिवार निवुवाटरमा भएको संघको अधिवेशनमा प्रमुख अतिथीको हैसीयतले बोल्दै उनले संविधानको बहानामा मुलुकमा रहेको शान्तिलाई खलबल्याउन खोज्ने दललाई युवा संघले कुनै पनि हालतमा नछोड्ने बताए । नेपाली जनताले लामो समयको संघर्ष पछि पाएको संविधानको बिरोधको बहानामा भारतको चाकडी गर्ने कुनै पनि दल वा व्यक्तीको बिरुद्धमा युवा संघ लाग्ने स्पष्ट पारे । उनले भने ‘राष्ट्र र राष्ट्रियताको बिरुद्धमा लाग्ने कसैलाई छोडिन्न ।’

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल मकवानपुर क्षेत्र नम्मर २ को अधिबेशनलाई शनिवार निबुवाटारमा संबोधन गर्दै संघका केन्द्रीय अध्यक्ष पहारीले तराईमा क्षेत्रीय स्तरमा खुम्चीएका दलले बिभिन्न बहानामा अहिले देशको अवस्था बिगार्न खोजेको आरोप लगाए । 

भूकम्पले ठुलो क्षती व्यहोरेको बेलामा नाकाबन्दी लगाउँदै भारतीय भूमिमा बसेर रबैया देखाउँने कसैलाई पनि राष्ट्रियताको नारा लगाउने अधिकार नभएको उनको भनार्य थियो ।  सरकारमा रहदा मुलुकका ठुला उद्योग भनिने सबै काँग्रेसले बन्द गराएको संघका केन्द्रीय अध्यक्ष पहारीले आरोप लगाए । जनकपुर चुरोट कारखाना देखि बाँसबारी छाला जुत्ता, बिरगञ्ज चिनी मिल लगायतका नेपाली लगानीमा रहेका उद्योग भारतको इसारामा बेचेको उनले बताए । 

नाफामा सञ्चालन भइरहेका उद्योग कलकारखाना काग्रेसले बेचेको उनले दाबी गरे । युवासंघले अबको समयमा संबिधान कार्यनयनका लागि भुमिका खेल्ने बताउँदै उनले देशव्यापी रुपमा युवा संघका नेता तथा कार्यकर्ता संबिधान कार्यान्वयनको पाटोमा लाग्ने स्पष्ट पारे । युवाका लागि युवा स्वरोजगार बोर्ड गठन गरि काम गर्नुपर्ने बताए  । युवाहरुका माग र आवश्यकतालाई संबोधनका लागि बोर्डको आवश्यकता रहेको भन्दै पहाडीले एक युवा एक उधमीको अभियान अधि बढाउँदै एमाले र युवासंघमा आस्था राख्ने युवाहरुलाई रोजगारी सृजना गर्ने अभियानमा रहेको बताए । 

आयोजक कमिटीका संयोजक मनहरि भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सांसद सुभाष चन्द्र ठकुरी, एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, संघका केन्द्रीय सचिब बचनबहादुर सिह, सचिब नरेश शाही, कोषाध्यक्ष हिदम लामा, युवासंघका केन्द्रीय प्रबत्ता प्रभातबिक्रम कट्वाल, पार्टी सचिब एकलाल श्रेष्ठ, एमाले मोर्चा फाँटका प्रमुख श्रीधर पोख्रेल, पार्टीका युवा ईन्चार्ज सुनिल मोक्तान, एमाले मकवानपुर क्षेत्र नंम्बर २ का इन्चार्ज बिष्णु ढकाल, क्षेत्रिय अध्यक्ष बिदुर हुमागाँई लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।




0 comments

Write Down Your Responses