Powered by Blogger.
हेटौँडाका इन्जिनियर घूस लिँदालिँदै पक्राउ


हेटौंडा । विप्लव नेतृत्वको माओवादीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर रमेश महर्जनलाई घूस रकम लिँदै गर्दा पक्राउ गरेको छ । 

कार्यालय परिसरमै ४५ हजार घूस रकम सहित बुधबार २ः३० बजे महर्जन पक्राउ परेका हुन् । मकवानपुरगढी ५ स्थित देवीडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भागवत घिमिरे र सचिव गोपाल प्रसाद तिमल्सिनासँग घूस लिँदै गर्दा उनीहरु सहितलाई पक्राउ गरि अख्तियारलाई बुझाएको माओवादी मकवानपुरले जनाएको छ ।

उपभोक्ता कमिटिका सचिव गोपालप्रसाद तिमल्सिनाले आठ लाख रुपैयाँको खानेपानी आयोजना सम्पन्न गर्न १८ प्रतिशत रकम माग गरेकोमा पहिलो किस्ता स्वरुप ४५ हजार रुपैयाँ इन्जिनियरलाई घूस दिएको बताउनुभयो ।

कार्यालय समयमा सरकारी निवासभित्र घूस रकम लेनदेन गरिरहेको गोप्य सुचना आएपछि माओवादी टोलीले छामा मारी पक्राउ गरेको बिप्लब माओवादी मकवानपुरका नेता गोकुल दहालले बताए । 

यस अघि पनि बिप्लब माओवादी मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका इन्जिनियरलाई घूस सहित पक्राऊ गरेको थियो । घूस रकम  लिने दिने दुबै पक्षलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको अख्तियार मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाका प्रवक्ता नरेन्द्र भट्टराईले बताउनुभयो ।




0 comments

Write Down Your Responses