Powered by Blogger.
रुपचन्द्र बिष्टको विकासका मोडल अनुसार बिद्यालय सञ्चालन गर्न शिक्षामन्त्रीको आग्रह


पालुङ । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले रुपचन्द्र बिष्टको विकासका मोडल अनुसार बिद्यालय सञ्चालन गरी अध्ययन अध्यापन गराउनमा स्थानीय कार्यकर्ता, शिक्षक र प्राध्यापकहरुलाई आग्रह गर्नुभयो । 

बुधबार थाहा नगरपालिकाको बिकास घरमा भएको शिक्षक, प्राध्यापक तथा कार्यकर्ता भेटघाटका क्रममा शिक्षा मन्त्री पोखरेलले  नेपाललाई धनी र राम्रो बनाउन शिक्षकले शिक्षक भएर कार्य गर्नुपर्नेमा समेत जोड दिनु भयो ।

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिको संयोजनमा भएको कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर २ नं. क्षेत्रिय समिति तथा नेपाल राष्ट्रिय प्राध्यापक संगठन पालुङ बहुमुखी क्याम्पस कमिटिले संयुक्त रुपमा १५ बुँदे माग पत्र समेत शिक्षा मन्त्री समक्ष पेश गरेको थियो ।

कार्यक्रममा सांसद रामनारायण बिडारी, नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष अरुण रायमाझी, सचिव बिनोद लामा, आग्रा गाउँ कमिटि सचिव दिपक लामा, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर २ नं. क्षेत्रिय अध्यक्ष राजकुमार के.सी, नेपाल राष्ट्रिय प्राध्यापक संगठन पालुङ बहुमुखी क्याम्पस कमिटि अध्यक्ष बिजयबाबु बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

शिक्षा मन्त्री मंगलबार थाहाको जनकल्याण उच्च माबिमा प्राबिधिक तर्फको बाली बिज्ञान बिषय र आग्राको सुन्दरीदेबी माबिमा प्राबिधिक तर्फको सिभिल ईञ्जिनियरिङ बिषयको कक्षा उद्घाटन गर्ने क्रममा मकवानपुर आउनुभएको हो ।

0 comments

Write Down Your Responses