Powered by Blogger.
उत्तरी मकवानपुरमा ४ हजार अलैँचीका बिरुवा वितरण

थाहानगर,३० असार / कृषि सेवा केन्द्र दामनले उत्तरी भेगका किसानलाई अलैँचीका बिरुवा वितरण गर्न थालेको छ । ‘थाहा नगरपालिका , टिस्टुङ र मार्खु गाविसका किसानलाई अलैँचीको बिरुवा ५० प्रतिशत अनुदानमा दिएका छौं,’ कृषि सेवा केन्द्र दामनका प्राविधिक मधुसुदन आर्चायले भन्नु भयो । प्रविधिक  आर्चायले भन्नु भयो, ‘नर्सरी केन्द्रमा समेत राम्रो उत्पादन भएकोले परिक्षणको लागि अनुदानमा बिरुवा वितरण गरेका हौं ।’ अनुदानमा पहिलो पटक उत्तरी मकवानपुरमा १० जना कृषकललाई ४ हजार विरुवा वितरण गरेको आर्चायले बताउनु भयो । अलैँची खेतिको लागि उत्तरी मकवानपुरमा पहिलो पल्ट धेरै कृषकले यस खेति लाउन शुरु गर्न थागेको बताउदै यस खेतिबाट मनग्य आम्दानी लिन सकिने प्रवल सम्भावना रहेको बताउनु भयो । प्रतिगोटा १० रुपैयाँ पर्ने अलैँचीको बिरुवा किसानलाई प्रतिगोटा ५ रुपैयाँमा दिएको आचार्यले बताउनु भयो । केन्द्रले अलैँचीका बिरुवा रोपेका किसानलाई त्यसको खेती सम्बन्धी र रोग, कीरा नष्ट कसरी गर्ने भन्ने बारे किसानलाई जानकारी गराएको समेत बताउनु भयो ।  

0 comments

Write Down Your Responses