Powered by Blogger.
जी.सी.लाई चतुर्भूज आशावादी सम्मान

हेटौडा,२९ असार / भानु कला केन्द्र, बिराटनगरको हालै बसेको बैठकले वि.सं.२०७३ सालको चतुर्भूज आशावादी सम्मान साहित्य र कला क्षेत्रमा विशेष योगदान पु¥याए बापत कवि तथा गजलका उज्ज्वल जी.सी.लाई प्रदान गर्ने निर्णय गरेको छ । कवि जी.सी.चालिसको दशकमा चलचित्र एवम् लोकगीत कलाकार पनि हुनुहुन्थ्यो । उहॉंले केही नेपाली चलचित्रहरूमा चारित्रिक भूमिका निभाउनुका अलावा करिब एक दर्जन लोकगीतहरू रेडियो नेपालमा रेकर्ड गर्नु भएको छ । त्यस्तै उहॉं व्दारा रचित आधुनिक, राष्ट्रिय गीत र भजनहरू अन्य कलाकारहरूले स्वरवद्ध गरेका छन् भने हाल सम्म कविता,गीत,गजल र मुक्तकका तेह्र वटा कृतिहरू उहॉंका प्रकाशित छन् ।
त्यसै गरी साहित्य र समाज सेवामा विशेष योगदान पु¥याए बापत कवि तथा पत्रकार देवी पन्थीलाई एवम् गायनका क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने गायक रामा मण्डलाई भानु पदक प्रदान गर्ने निर्णय समेत उक्त बैठकले गरेको  केन्द्रकी अध्यक्ष माया पौडेलले जानकारी दिनु भएको छ । उक्त सम्मानहरू भानु जयन्तीका अवसरमा एक वृहत कार्यक्रमको आयोजना गरि बितरण गरिने छ ।

0 comments

Write Down Your Responses