Powered by Blogger.
चुच्चेखोलामा ३ हजार वृक्षारोपण

हेटौडा,३० असार / हेटौंडा ६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्षेत्रमा ३ हजार बिरुवा रोपेको छ । समूहले राष्ट्रिय वन महोत्सवको अवसरमा असार १५ गतेदेखि १५ दिने अभियान संचालन गरि बृक्षारोपण गरेको हो । समूहले वन क्षेत्रभित्रका ७ क्षेत्रका खालि भुभागमा चाँप, बेल, रूद्राक्ष, तेजपात, हर्रो, बर्रो, अमला, रिठ्ठा, टिक लगायतका बिरुवा रोपेको अध्यक्ष अर्जुनप्रसाद दाहालले बताउनुभयो । १५ दिने बृक्षारोपण अभियानको आज समापन गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव भारती पाठकको प्रमुख आतिथ्यता एवम् उपसमितिका संयोजक केशवप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रामप्रसाद घिमिरे, पूर्व अध्यक्ष चेतनाथ चौलागाईं, प्रगतिशील युवा क्लव हेटौंडा(२० का कार्यवाहक अध्यक्ष अमित कँडेल लगायतले मन्तव्य गर्नुभएको थियोे । बृक्षारोपणमा उपभोक्ता र स्थानीय संघसंस्थाका प्रतिनिधि गरि २ सय जनाको सहभागिता रहेको थियोे । फाइल तस्विर

0 comments

Write Down Your Responses