Powered by Blogger.
हेटौंडामा आत्मीक कार्यक्रम

हेटौडा,३१ असा/ जेम्स नेपालको आयोजनामा प्रोफिट नामक आत्मिक कार्यक्रम हेटौंडामा भएको छ । इसाई व्यापारी शिक्षक शिक्षिका डाक्टर नर्स लगाएतलाई लक्षित गरी कार्यक्रम गरिएको कार्यक्रम संयोजक पुरुषोत्तम कोईरालाले बताउनुभयो । कार्यक्रममा दक्षिण भारतबाट आएका रेभरेन्ड दानियल जोन्सनले प्रवचन दिनुभएको थियो । हामी जुनसुकै क्षेत्रमा भएपनि हाम्रो व्यबहारले इसाई भनेर चिनिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा दक्षिण भारतका गायक बेल्साथ, रिजनल डाईरेक्टर एमजे मेथ्यु लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा ५० जनाको सहभागीता रहेको थियो ।


0 comments

Write Down Your Responses