Powered by Blogger.
प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाण्डौँ , ९ श्रावन  / प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको प्रधानमन्त्री ओलीले सदनलाई जानकारी दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।  नयाँ सरकार गठनका लागि कुनै अवरोध नहोस् भनेर बाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको उनले संसदलाई जानकारी दिए । उनले भने ‘यसले नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुला गरेको छ ।’

0 comments

Write Down Your Responses