Powered by Blogger.
भूकम्प पीडितले गरे,गाविस कार्यालयमा तालाबन्दी

हेटौडा,९ श्रावन  /  मकवानपुरको हाँडीखोलाका भूकम्प पीडितले गाविस कार्यालयमा तालाबन्दी गरेका छन् । भूकम्पपीडितको लगत संकलनको क्रममा वास्तविक भूकम्प पीडितको नाम छुटेको भन्दै हाँडीखोलाका बासिन्दाले हिजो बिहान गाविस कार्यालयमा तालाबन्दी गरेका हुन् । गुनासो सुन्ने अधिकारी तथा भूकम्प पीडितलाई राज्यले दिने अनुदान सम्झौता सुरु हुने दिन आज बिहानै गाविस कार्यालय पुगेका स्थानीय भूकम्प पीडितले गासि सचिवको कोठा तथा मुख्य गेटमा नै ताला लगाइदिएका हुन् । हाँडिखोला–७ मसिनेकी पम्फा चेपाङले दोस्रो पटक सरकारले सार्वजनिक गरेको सूचीमा आफ्नो नाम नपरेको थाहा पाएपछि गाविसमा तालाबन्दी गर्न आएको बताउनुभयो  । भूकम्पले भर भत्किएपनि अनुदान पाउने सूचीमा नाम नपरेका चेपाङ सहित करिब दुईसय भूकम्प पीडितहरु गाविसमा तालाबन्दी गर्न पुगेका थिए  ।

0 comments

Write Down Your Responses