Powered by Blogger.
राम्रो प्रस्ताव आएमा कृषि र पर्यटन क्षेत्रको विकास गर्न सकिने:राजदुत रे

 
थाहानगर , ३ श्रावण ।  मकवानपुरको कृषि र पर्यटन क्षेत्रको विकासलाई अगाडि बढाउनको लागि राम्रो प्रस्ताव आएमा भारतले सहयोग गर्ने भारतीय राजदुत रन्जित रे ले बताउनु भएको छ । कृषि र पर्यटन प्रवद्र्धनमा दामन लगायत मकवानपुरको सम्भाव्यता तथा गोष्ठीमा सहभागि हुन थाहानगर आईपुग्नु भएका राजदुत रेले आज यस्तो बताउनु भएको हो । १९५६मा निर्माण भएको नेपाल कै पुरानो राजमार्ग त्रिभुवन राजमार्गको मुख्य ब्यवसायिक स्थान पालुङ पर्ने र पालुङ संग भारतको सम्बन्ध पुरानै भएकाले तरकारी भण्डारणको लागि कोल्ड स्टोर निर्माण गर्न सक्दो सहयोग गर्ने समेत वहाँले बताउनु भएको छ । थाहा नगरले चन्द्रगिरी काठमाण्डौ सडकको निर्माण तथा स्तरोन्नतिको लागि आफुहरु निकै गम्भिर भएको र सक्दो सहयोग गर्न तयार रहेको रेको भनाई थियो । थाहा नगरपालिका—७ को पालुङ जेसिज सभाहलमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । थाहानगर क्षेत्रलाई धार्मिक पर्यटनको रुमपा विकास गर्न सके भारत देखि आउने पर्यटकमा बृद्धि हुने राजदुत रेको दावी थियो । समय मिलेमा निकट भविष्यमा मनहरी क्षेत्रको भ्रमणमा आफू आउन इच्छुक रहेको राजदुत रेको भनाई थियो । 
कृषिमा प्राविधिकतर्फको शिक्षा महत्वपूर्ण भएको विरगञ्ज महावाणिज्यदुत अञ्जु रञ्जनले बताउनुभयो । भारतको विभिन्न विश्व विद्यालयमा कृषि विषय पढ्नको लागि १ सय सिटको व्यवस्था गरिएको र यस क्षेत्रबाट भारतमा पढ्न जानेहरुको लागि सो छात्रवृत्तिको उपयोग गर्न रञ्जनले आग्रह गर्नु भयो । कार्यक्रममा बोल्नुहुँदै मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानुरको मनहरी क्षेत्रमा एम्बुलेन्स लगायत विकट क्षेत्रका जनताको जीवनस्तरलाई सवल छिमेकी देशको नाताले शिक्षा, स्वास्थ्यमा भारतले सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारुमगर, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य प्रताव विष्ट, थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिमबहादुर परियार, मकवानपुर उद्योग वाणिज्य संघका कासस खडक गोपाली,  थाहानगर उवासंघका विमलकुमार ढकाल, प्रेस सल्लाहकार सविन न्यौपाने, पालुङ जेसिजका अध्यक्ष शिबकुमार खत्री, स्थानीय राजनैतिक दलका प्रतिनिधि, स्थानीयबासी, सरोकारवाला, पत्रकार लगायतको उपस्थिति रहेको थियो । थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममको अध्यक्षता संघका अध्यक्ष कविराज खत्रीले गर्नु भएको थियो । 



0 comments

Write Down Your Responses