bank

BANK





Powered by Blogger.
चेपाङसंगको प्रेम र रुपचन्द्र विष्टको ‘थाहा’ राजनीति

प्रताप विष्ट
मकवानपुरको राक्सिराङ गाविस–९ फाराङका ७२ बर्षीय देवीलाल चेपाङको दिमागमा थाहा रुपचन्द्र विष्टको सम्झना ताजै छ । उनको आँखामा झोला बोकेको अग्लो मानिस विष्ट आफनो छाप्रोमा निहुरिएर पसेको दृश्य अहिले पनि नाचिरहेको छ ।

‘त्यस्तो मान्छे अहिलेसम्म आफ्नो गाउँमा आएका छैनन्’ चेपाङले सम्झदै भने,‘ अन्न पेटमा नपरेको पाँच दिन भएको थियो । रुपचन्द्र आएपछि ढिडो खान पाएका थियौ ।’ २०४० सालको कुरा हो रुपचन्द्र विष्ट सहकर्मीका साथ गाउँ घुम्ने क्रममा मनहरी बजारवाट तीन पाथी मकैको पिठो बोकेर सरिखेत हुदै राक्सिराङको फाराङ पुगेका थिए । जहाँ चेपाङकोमात्र वस्ती छ । मनहरी      बजारबाट करिब ६ घन्टा पैदल हिडेर पुगिने उक्त वस्तीमा ढिडो पकाएर खान देवीलालको घरमा छिरेका थिए । देवीलाललाई नमस्ते गरेर रुपचन्द्र विष्टले ढिडो पकाईदेउ भनेर पिठोको झोला बिसाएका थिए । नमस्ते फर्काउदै देवीलालले डराई, डराई भने, ‘अन्न पेटमा नपरेको पाँच दिन भयो । त्यतिनै वेला रुपचन्द्र विष्टले गम्भिर भएर भने, ठीक ठाउँमा आइएछ, पाँच दिनसम्म खान नपाएका सात जनाका परिवारलाई ढिडो खुवाउन पाइयो । 

उनको साथमा रहेका सहकर्मी एकराज उप्रेतीले उक्त घटना सम्झदै भने,‘चेपाङसंग रुपचन्द्र विष्टले ढिँडो पकाउने कराई मागे । कराई चुहिने थियो, चुहिने प्वाल माटोले टालेर कराईभरी ढिडो पकाउन पानी बसाले । सहकर्मी र विष्ट भएर ढिँडो पकाए । देवीलालको पत्निले ढिडोसंग नुन खुर्सानी पिसिन् । ढिँडो राखेर खाने थाल र  पातसमेत नभएकाले काठको फ्ल्याकमा लहरै ढिडो र नुन खुर्सानी राखेर १२ जनाले ढिडो खाएको स्मरण देवीलालसंग ताजै छ । त्यही घटना सम्झिन्छन्  देवीलाल । 

पटक–पटक राष्ट्रिय पञ्चायतका सदस्य समेत भएका विष्ट सदन चल्नु भन्दा अगाडी सधै जिल्लाको कुना कुनामा पुगेर जनताको भावना बुझ्थे र साक्षात्कार हुन्थ्यो । उनी मकवानपुरको पश्चिमी क्षेत्रका चेपाङ वस्तीमा पुग्दा चेपाङलाई असाध्य आदर गथ्र्ये । चार औले लगौटी लगाएका  र जाबी झोला भिरेका चेपाङलाई ९झोरालाङ्ग० नमस्ते मात्र गर्न थिएनन् सभाको अध्यक्षता पनि उसैलाई गर्न लगाउथे । राक्सिराङ गाविस–८ चैनपुरमा २०४२ सालमा विष्टले आयोजना गरेको सभाको सभापतित्व चार औले लगौटीमात्र लगाएको र जाबी झोला भिरेका मैते चेपाङलाई गराएका थिए । 

त्यतीमात्र होइन रुपचन्द्र बिष्टले २०३८ सालको चुनावमा गाउँ घुम्ने क्रममा सरिखेत गाविसको भावरमा तामाङनी दिदीको मल बोकेर बारीमा खन्याईदिएका थिए । ती तामाङनी दिदीले मल बोक्न छाडेर विष्टलाई खुवाउन मकै भुट्न थालेपछि उनले २० डोका मल बोकिदिएका थिए । बिष्टले त्यतिनै बेला भावरमा जम्मा भएका स्थानीयवासीलाई भने,‘उनले मलाई मकै भुटेर खुवाईन, मैल मल बोकिदिए बराबरी भयो’ ।

ती महिलाको मृत्यु भइसक्यो, उनका परिवार भने अझै छन । जनप्रतिनिधी भएर रुपचन्द्र विष्टले जनतासंग गरेका सद्व्यवहारका यी केही प्रतिनिधी मुलुक घटनामात्र हुन । मकवानपुरका चेपाङ वस्तीका अगुवा चेपाङहरुको मनमा रुपचन्द्र विष्टको सम्झना ताजै छ । नयाँ मान्छे भेटेपछि उनीहरु विष्टको कुरा गर्छन । विष्टको व्यवहारबाट उनीहरु अत्यन्त प्रभावित छन् । त्यसैले उनलाई सम्झीरहन्छन् । काँकडा गाविसका अगुवा भविकन चेपाङ रुपचन्द्र विष्ट जस्तो नेता अब जन्मदैन भन्छन् । भविकनको भाषामा ‘लोभ,पाप नभएको र फटाहा कुरा नगर्ने हक्की नेता हुन उनी’ । उनको ठम्यार्ईमा रुपचन्द्र विष्टको खुट्टामा अहिलेका  जनप्रतिनिधीहरुलाई राख्न पनि सुहाउँदैन । चेपाङ समुदायवाट विघटित संविधानसभाका सदस्य वनेका काँकडा गाविसका गोविन्दराम चेपाङ रुपचन्द्र विष्टको उत्पादन हुन् । 

रुपचन्द्र विष्टबाट प्रभावित भएर आफु राजनीतिमा लागेको चेपाङ  बताउँछन् । विष्टलाई सम्झदै उनी भन्छन, उनी चेपाङ गाउँ घुम्दा वस्तीको सबैभन्दा गरिब चेपाङको घरमा गएर बस्थे ।   ‘गरिबी थाहा पाउन गरिबसंग प्रेम गर्नु पर्छ’ उनले त्यसो भन्थे । तर आज त्यस्तो छैन, नेताहरु दुर्गम बस्तीमा आउँदै आउदैनन् आएपनि सबैभन्दा धनिकोमा बस्ने गर्छन चेपाङले भने । जनताको हितलाई सर्वोपरी ठान्ने रुपचन्द्र विष्ट गाउँ वा शहर कुनै पनि स्थानमा सभा गर्दा जाडो महिनामा सभाका सहभागीहरुलाई घाम पर्ने स्थानमा राख्ने, गर्मी महिनामा छहारीमा सहभागीहरुलाई राख्ने र मञ्च चर्को घाम पर्ने स्थानमा राख्दथ्ये । तर अहिले उल्टो छ, चर्को घाममा सभाका सहभागीहरुलाई र छहारीमा मञ्च बनाएर अतिथीहरुलाई राख्ने चलन छ । रुपचन्द्र विष्ट जनताका मान्छे थिए त्यसकारण उनी सा–साना कुरामा पनि जनताका हितलाई ध्यान दिन्थे–हेटौडाका वुद्धिजीवि देबप्रसाद श्रेष्ठले भने । 
कथनी र करनी एउटै भएका रुपचन्द्र विष्ट जनताका सच्चा प्रतिनिधी थिए । उनी जे बोल्थे, त्यही गथ्र्ये । यस क्षेत्रका वासिन्दालाई स्व। रुपचन्द्र विष्ट ‘थाहा’ जस्तो उम्दा नेता कोही पनि लाग्दैन । उनलाई चिनेका, सुनेका, पढेका र संगै हिडेकाहरुले उनी जस्तो आमुल परिवर्तनकारी नेता अहिलेसम्म मुलुकले पाउन नसकेको उनीहरुको ठम्याई छ । विचार, चिन्तन र कार्यशैलीको आधारमा विष्टले मुलुकलाई नयाँ सन्देश दिन सफल भएका थिए ।  

आफनो जिल्लामा उनले  विचारलाई खरो रुपमा व्यवहारमा उतारेका थिए । उनको चिन्तन र सोचको  विकशित रुप हो अहिलेको दामन पालुङ । बेमौसमी तरकारी उत्पादनमा ख्याती कमाएको होस वा आफ्नै लगानीमा गाँउको विकास निर्माण गर्ने र अग्रगामी चेतना ग्रहण गर्ने क्षमताशिल बासिन्दा उत्पादन हुने खलो उनले नै तयार बनाएका हुन् । पालुङेलाई उनले विचार र शारिरीक रुपमा स्वस्थमात्र होइन, आर्थिक तथा शैक्षिक रुपले सबल र सक्षम बनाउन चाहन्थ्ये । यस क्षेत्रमा तास जुवा खेल्नेलाई कठोर सजाय दिन्थे । रुपचन्द विष्ट आयो भनेपछि जुवाडेहरु भागभाग गर्थे । विष्टको नाम सुन्ने वितिक्कै जुवाडेहरुको सातो जान्थ्यो । जुवाडेमात्र होइन, गाउँका जालीफटाहा र समाज विरोधीहरु उनको सामु एक छिन टिक्न सक्दैनथे ।

 उनी अन्याय र अत्याचारका विरुद्ध जीवन पर्यन्त जुधिरहेका योद्धामात्र होइनन् सामाजिक परिवर्तनका संवाहक पनि     हुन । उनका समकालिन दामन गाविस–२ का हरिवहादुर कार्कीले विष्टलाई सम्झदै भने–रुपचन्द्र विष्ट जस्तो नेता मुलुकमा अहिलेसम्म जन्मेका छैनन्, उनको अगाडी मुलुकका अहिलेका नेता फुच्चे सावित हुदै गएका छन् । निष्पक्षकर्मी तथा समाज परिवर्तनका संवाहक रुपचन्द्र विष्ट ‘थाहा’ को मृत्यु भएको १७ वर्ष भयो । 

२०५६ साल असार ७ गते उनको काठमाण्डौको बीर अस्पतालमा निधन भएको थियो ।  गरिब, दुखी महिलाको जागरणमा जीवन उनले अर्पेका थिए । सिंगो मकवानपुरलाई कर्मथलो वनाएका  विष्टको भौतिक शरीर  हाम्रै सामु नभएपनि उनले छरेका चेतनाका खेतीहरु अहिले फलिरहेका छन् । जनचेतनाका संवाहक र दुखी गरिवका पहरेदारका रुपमा रहेका रुपचन्द्र विष्ट श्रमिकको राजनीति पूजीँतीले गरेर हुदैन, छाप्रेको राजनीति दरवारले गरेर हुदैन, मोहीको राजनीति तल्सिङले गरेर हुदैन, महिलाको राजनीति पुरुषले गरेर हुदैन । उनीहरु आफनालागि आफै जागेर अघि बढनु पर्छ भन्दै गाउँ बस्तीमा हिँड्थे । माक्र्सवादका शब्दहरुलाई जनवोलीमा उतारेर गाउँलेलाई बुझाउदै हिड्थे । 

आफु अन्याय पनि नगर्ने, अन्याय पनि नसहने हक्की स्वभावका रुपचन्द्र विष्ट अगाडी अन्यायीहरु उभिनै     सक्दैनथ्ये । ‘हामी कसैका होइनौ, कोही हाम्रा होइनन्, हामी सत्य र न्यायका, सत्य र ठिक हाम्रा’ भन्ने अवधारण बोकेर जीवनभर बाँचेका विष्ट जनताका शत्रुहरुसंग कहिले शिर निहु¥याएनन् ।  बाल्यकालदेखि मृत्यु पर्यन्त पनि उनले विद्रोह नै गरे । उनी प्रत्येक क्षणका विद्रोही हुन् । यथास्थितीमा बस्न नचाहने व्यक्ति हुन् । पैसा, पद र जातलाई मरिहत्ते गर्नेहरुको विरुद्धमा  उनी कटाक्ष गर्दै भन्थ्ये, पैसावाट सत्यता, पदवाट इन्साफ र जातवाट जनहित हुदैन । त्यतिमात्र होइन, ‘जो जत्ति शक्तिमा छ, समाज सप्रे–विग्रेकोमा, त्यो त्यत्ति जिम्मेदार छ’ । विग्रेको जती अरुलाई सप्रेको जती आफनो भागमा    राख्ने दलहरुको प्रवृतिलाई त्यतिनै वेला औल्याउन सफल भएका थिए । 

२०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालिन राष्ट्रिय पञ्चायतमा प्रतिनिधीत्व गरेका विष्टले निर्वाचनमा पर्चा विक्री   गरेर लडेका थिए । आफ्ना प्रतिद्धन्दीहरु भित्ताभरी फोटो टाँसेर चुनाव लडिरहेको अवस्थामा उनी फोटो होइन, विचार राखेर निर्वाचन लड्थे । मकवानपुरको माटोमा प्रगतीशिल राजनीतिको उर्वराभुमि बनाउने र निष्ठाको राजनीति गर्ने स्व। विष्टप्रति २०४६ सालको आन्दोलनकारी शक्तिहरुले न्याय गर्न सकेनन् । जसले गर्दा उनले छाप्रे जगाउदै आएको अभियानमा ठेस पुग्यो । त्यतिवेलाका आन्दोलनकारी शक्तिहरु अहिले स्व। विष्टप्रति विगतमा गरेको व्यवहारको समिक्षामात्र होइन, पश्चातापसमेत गर्न थालेका छन् ।  

तत्कालिन शिखरकोट गाविसको घर्तीखोलामा १९९० साल पुस २६ गते जन्मेका विष्टले समाजसुधारको अभियान दामन–पालुङवाट प्रारम्भ गरेका हुन् । स्व। रुपचन्द्र विष्टका विचार, चिन्तन र आदर्श व्यवहारहरुलाई कुनै पनि राजनैतिक दर्शनको घेरामा कैद गर्नु हुँदैन । उनी बाचुन्जेल  सत्य र न्यायकामात्र भए । चुनावी आरोह–अवरोहबाट उनलाई पृथक राख्नु पर्छ । उनका आदर्श चरित्रहरु मुलुकका नेताहरुले थोरै प्रतिशतमात्र अवलम्बन गर्न सकेमात्र नेपाली जनताले परिवर्तनका अनुभुति गर्न पाउने थिए । 



0 comments

Write Down Your Responses