Powered by Blogger.
जनमुखि राजनिति पार्टी जरुरीःखनाल

हेटौंडा, १० साउन /  नेपाल सरकारका पूर्व अर्थ सचिव एवम् नयाँ शक्ति नेपालका नेता रामेश्वर खनालले अवको राजनितिक पार्टी व्यवहारमा जनताको समस्यालाई सम्बोधन गर्ने जनमुखि प्रबृत्तिको हुनु पर्ने बताउनुभयो । उहाँले डा. बाबुराम भट्टराई कार्यकालको विकास र विपि कोइरालाको प्रधानमन्त्रीत्वको पालामा २०१५ देखि २०१७ सालमा भएका विकासको बारेमा खुलेर प्रशंसा समेत गर्नुभयो । जसरी भट्टराईले आफ्नो कालमा दिर्घकालिन महत्वको विकास योजना ल्याउनुभयो त्यसैगरि विपिको पालामा शुरु भएको शैक्षिक अभियान र त्यस बेला खोलिएका विद्यालयका विद्यार्थी नै आजको राज्यसत्ता हाक्ने व्यक्तित्व भएको समेत बताउनुभयो । जनताको लागि राम्रो काम गर्ने जो कोसैलाई राम्रो भनेर प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ शक्ति मकवानपुरका अभियन्ताहरुसँगको अन्तरक्रियामा बोल्दै नेता खनालले लामो भाषण गर्ने नेता होइन उत्पादनमुखि राजनितिक एजेण्डा कार्यान्वयन गर्ने नेतृत्व आवश्यक रहेका बताउनुभयो । मंसीर सम्म पार्टीको तल्लो तहमा गएर राजनैतिक आर्थिक बहस छलफल चलाउने बताउदै आर्थिक एजेण्डालाई नै अग्रगामी सोच भएका दलले आत्मसाथ गर्न सके मुलुकले सम्बृद्धिको खाका तय गर्ने बताउनुभयो । जिल्ला संयोजक प्रल्हाद लामिछानेले सहजिकरण गर्नुभएकोे कार्यक्रममा सुरेन्द्र भट्टराई, ज्ञानेन्द्र लामिछाने, छबिलाल वाइवा, सुबोध रिमाल लगायतले आर्थिक विकास, संघिय संरचना र जनतासँग पुग्ने आधार कसरी तय गर्ने भन्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा ३ नं प्रदेशका सहसंयोजक सोनाम सिं स्याडतान, ज्योति रायमाझि, विवेक वाइवा, लगायतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses