Powered by Blogger.
अभियान मार्फत सुचनाको हक सम्बन्धि ऐन कार्यान्वयनको माग

प्रदिप गौतम
हेटौडा, १० साउन / सुचनाको हक समबन्धि ऐन कार्यान्वयन गर्न मकवानपुरका सरोकारवाला एकजुट भएका छन् । सुचनाको हक संम्बन्धि ऐन २०६४ र नेपालको संबिधान २०७२ लाई कार्यान्वयन गर्न हेटौडाका पत्रकार सहित सरोकारवाला एकजुट भएका हुन् । जिल्लामा रहेका प्रत्येक सरकारी कार्यालयमा सुचनाको हक सम्बन्धित ऐन लागुगर्न र एनेका बिषयमा जनतालाई सु–सुचित गराउन पत्रकार, अधिवक्ता, शिक्षक सहितका सरोकारवाला लागि परेका छन् । बिभिन्न सरकारि कार्यालयमा सुचना माग्दा समेत कार्यालय प्रमुख वा सुचना अधिकारिले सुचना दिन अटेर गरिरहदा ऐन कायान्वय गर्न जिल्लाका सरोकारवालाले अभियान नै सञ्चालन गरेका छन् । सुचनाको हक सम्बन्धि नागरिक अभियान मकवानपुरका अध्यक्ष कुमार अधिकारिको नेतृत्वमा आज देखि उक्त अभियान थालिएको हो ।
 अभियानको पहिलो दिन आज सोमवार जिल्लाका बिभिन्न सरकारि कार्यालयमा सुचना माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय सहित ११ वटा सरकारि कार्यालयसंग आज बिभिन्न बिषयमा सुचना माग गरिएको पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारिले जानकारि दिनु भएको छ । 

अधिकारिका अनुसार सुचनाको हक समबन्धि एने २०६४ र नेपालको संबिधान २०७२ अनुसार बिभिन्न सरकारि कार्यालयसंग सुचना माग गरिएको हो । सोहि क्रममा अभियानमा सहभागि सरोकारवाले आज मकवानपुरका प्रमुख जिल्ला अधिकारि मानबहादुर बिश्वकर्मासंग भेटघाट गरेका छन् । भेटका क्रममा अभियानकर्ता कुमार अधिकारिले पारदर्शि रmपमा सुचना सम्प्रेशण गर्न आग्रह गर्नु भयो । सरोकारवालासंगको भेटमा प्रमुख जिल्ला अधिकारि मान बहादुर बि.कले अभियान नै सञ्चालन गरेर ऐन कार्यान्वय गर्न एक जुट हुनु प्रससंनिय कदम भएको बताउनु भयो । उहाले ऐन कार्यान्वयन गर्न आफुलेपनि सक्दो सहयोग गर्ने आश्वास दिनुभयो । ऐन प्रयोग गरि सुचनाको दुरmपयोग हुने काम कसैले पनि गर्न नहुन ेभन्दै मातहतका निकायलाई ऐन कार्यान्वय गर्न निर्देशन दिने बताउनु भयो । टोलिले आजै मकवानपुरका स्थानिय बिकास अधिकारि लक्ष्मण बिक्रम थापासंग पनि भेट गरेको छ । अभियान कर्ता कुमार अधिकारिले माग गरिएको सुचना सहज रmपमा उपलब्ध गराउन आग्रह गर्नु भयो । सोहि क्रममा स्थानिय बिकास अधिकारि थापाले ऐन अनुसारको सुचना उपलब्ध गराईने बताउनु भयो । यस अघि आज बिहान सुचनाको हक सम्बन्धि नागरिक अभियान मकवानपुरले ऐन कार्यान्वय बिषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारि हरि प्रसाद पन्तले जिल्लामा ऐन कार्यान्वनको अवस्था नाजुक रहेको बताउनु भयो । सुचनाको हकको अभियान मकवानपुरका अध्यक्ष कुमार अधिकारिको अध्यक्षतामा अन्र्तक्रिया कार्यक्रम समपन्न भएको थियो ।




0 comments

Write Down Your Responses