विकास योजनामा ‘सोसियल अडिट’ गर्न एमाले थाहा नगरको चुनौति
मकवानपुर । नेकपा(एमाले) थाहा नगर कमिटीले आफ्ना कार्यकर्ताहरुको नेतृत्वमा रहेका उपभोक्ता समितिले नगरका विकास निर्माण आयोजनाहरुमा पारदर्शी ढंगले काम गरेको निष्कर्ष निकालेको छ । आर्थिक वर्ष समाप्त हुनु केही दिन अघि शनिबार नगर कमिटीको बैठक बसेर यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले एक आर्थिक वर्ष भित्र भएका सांगठानिक र विकास निर्माणका कामहरुको समिक्षा गर्दै एमालेका कार्यकर्ताहरु उपभोक्त समितिमा रहेका आयोजनाहरुको प्राविधीक तथा ‘सोसीयल अडिट’ गर्न चुनौति दिएको हो ।
बैठकले मोर्चा संगठनको गतिविधी, मातहत कमिटीको कार्ययोजना र आगामी नगर परिषदमा उठाउनुपर्ने विकास निर्माणका एजेण्डाहरुमा पनि छलफल गरेको थियो ।
नेकपा(एमाले) जिल्ला सचिवालय सदस्य तथा २ नम्मर क्षेत्रीय इन्चार्ज विष्णुप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको बैठकमा जिल्ला कमिटी सदस्य तथा थाहा नगर इन्चार्ज रामचन्द्र बल, प्रेस चौतारीका केन्द्रीय सदस्य शन्तराम बिडारी, एमाले क्षेत्रीय अध्यक्ष बिदुर हुमागाँइ, सचिव बिमलकुमार ढकाल, क्षेत्रीय सदस्य सानुकाजी गोपाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका स्थानीय अगुवा घनश्याम अमात्य, प्रेम केसी लगायतको पनि सहभागिता थियो ।
अध्यक्ष अच्युतमप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सदस्य ज्ञानेश्वर ढकालले गरेका थिए ।
0 comments
Write Down Your Responses