Powered by Blogger.
मकवानपुरमा ‘प्रहरी मेरो साथी’ कार्यक्रम सञ्चालन हुँदै

हेटौडा ,२६ असार / अपराध रोकथाममा प्रहरीको एकल प्रयासमा मात्रै प्रभावकारी नहुने ठहर गर्दै नेपाल सरकारले ‘प्रहरी मेरो साथी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७२÷७३ को बजेटमा ‘प्रहरी मेरो साथी’ कार्यक्रम प्रभावकारी ढंगबाट शुभारम्भ गर्नको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले भोलि २७ गते सोमबार वृहत अन्तरक्रिया गर्ने भएको छ ।
 मध्यमाञ्चलन क्षेत्रिय प्रशासक मुकुन्दराज प्रकाश घिमिरेको प्रमुख आतिथ्यता रहने कार्यक्रममा नागरिक संगको सम्वन्धलाई अझ सुमधुर बनाउने उद्देश्य रहेको आज प्रत्रकार सम्मेलनमा प्रवक्ता एवम् जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताउनु भयो ।
मकवानपुरका विभिन्न विद्यालयका विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयको अवलोकन गराई प्रहरी प्रशासनबारे सम्पूर्ण जानकारी गराउने समेत गौतमले बताउनु भयो ।
 हेटौडाको पल्पसा सभाहलमा विहान ९ वजे हुने कार्यक्रममा स्थानिय सरोकारवाला ,राजनितिक दल ,शिक्षक, विद्यार्थी,प्रत्रकारहरुको सामुहिक रुपमा शुभरम्भ गर्ने बताउनु भयो । साथै कार्यक्रमलाई शुभारम्भ गर्नको लागि लागि सबैको साथ सहयोगको आवश्यकता रहेको बताउदै सो कार्यक्रममा उपस्थित हुनको लागि सबैलाई आग्रह समेत गर्नु भयो ।

0 comments

Write Down Your Responses