Powered by Blogger.
९० लाख नभए तिमल्सीना साउदीमै सड्ने, सहयोगको लागि सर्वत्र पहल


काठमाडौं । रोजगारीका लागि केही वर्ष अघि साउदी अरब पुगेका  काभ्रेका रामचन्द्र तिमल्सीनालाई विना गल्ती त्यहाँको जेलमा थुनिएको भन्दै परिवारले उन्मुक्तिका लागि आग्रह गरेका छन् ।

तिमल्सीनाको गल्तिविना नै उनको गाडीमा ठोक्किएर एक पाकिस्तानीको मृत्यु भएकाले तिमल्सीनालाई थुनिएको बताइएको छ । पिडित परिवारले मृत्युका बदला मृत्यु स्वरुप साउदी दिराम ३ लाख क्षतिपूर्ती मागेको छ । जुन रकम नेपाली रुपैंया करिव ९० लाख हुन जान्छ ।

साउदीको कानुन कडा भएकाले उक्त रकम नतिरे तिमल्सीना जेलबाट छुट्कारा नहुने र उनी निर्दोष रहेको कुरा कतै सुनुवाई नहुने भएपछि साउदीमा रहेका नेपाली समुदाय पनि चिन्तित रहेका छन् । 

यो समाचार प्रवाह भएपछि अन्य देशमा रहेका नेपालीहरुले पनि  आफ्नो कमाईको केही हिस्सा जोगाएर सहयोग अभियान थालेका र सबैलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् । श्रीमती र २ छोरा छोडेर रोजगारीका लागि सायदी गएका सोझो तिमल्सीनालाई सहयोग गर्न चाहनेले ९८४३८७८९८८ मोवाइल नम्बरमा उनको बुबा तथा श्रीमतीलाई सम्पर्क गरी खाता नम्बर मागेर रकम हाल्न सकिने कतारबाटैै उनका साथी शेखरदेव कुँवरले जानकारी दिए । 

साना–साना छोराहरु, बुढा बा आमा अनि जिवन सङगीनीसंग बिदा लिई साउदीको मरुभुमिमा पसिना बगाई आफ्नो परिवारलाई सुखको आभास हिँडेका तिमिल्सिना आज साउदिको जेलमा दुखित जीवन बिताइरहनुको सबै नेपालीको लागि दुखको कुरा भएको उनका साथीहरु बताउँछन् । 

सहयोगी हातका साथै सरकारको तर्फबाट पनि उनको उद्धारका लागि पहल हुनुपर्ने आवाज उठेको छ । 


0 comments

Write Down Your Responses