Powered by Blogger.
नातिकाजी स्मृति समाजको अध्यक्षमा बास्कोटा


काठमाडौँ । नातिकाजी स्मृति समाजको हालै सम्पन्न साधारणसभाले शम्भूजीत बास्कोटाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा विश्ववल्लभ भट्टराई, सचिवमा दीपक श्रेष्ठ र कोषाध्यक्षमा नरेन्द्र खड्का हुनुहुन्छ । यस्तै, सदस्यहरुमा रत्न श्रेष्ठ, अम्बिका शर्मा र उमेश पाण्डे हुनुहुन्छ । साधारणसभापछि मंगलबार सम्पन्न पहिलो बैठकले नेपाली संगीतका महर्षि नातिकाजीका स्वर तथा संगीतबद्ध गीत÷संगीतको खोजी, अनुसन्धान गरी विद्युतीय संग्रह बनाउने निर्णयसमेत गरेको छ ।

समाजका अध्यक्ष शम्भूजीत बासकोटाका अनुसार, नातिकाजीका गीत÷संगीतको अनाधिकृत रुपमा पुन रेकर्ड, रिमेकका साथै युट्युवलगायत च्यालनमा राखिएको पाइएकाले सो सम्बन्धी खोजगरी सम्बन्धित पक्षलाई सचेत बनाउने निर्णयसमेत बैठकले गरेको छ ।


0 comments

Write Down Your Responses