Powered by Blogger.
हेटौडामा सञ्चालित ५ दिने क्रिष्टल तालिम सकियो ,महिला उद्यमी समितिले २८ गते महिला भेला गर्ने

हेटौंडा १९, श्रावण । मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा भएको ५ दिने क्रिष्टल गहना बनाउने तालिम सम्पन्न भएकोछ । तालिममा सहभागी ३३ जनालाई आज एक कार्यक्रम गरी मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् समापन कार्यक्रमका प्रमुख अतिथि राजकुमार न्यौपानेले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।  कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा संघले सहयोग गर्ने बताउनु भएकोछ । अध्यक्ष न्यौपानेले संघले कोसेली घरलाई अझ प्रभावकारी बनाउदै लाने र तत्काललाई महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई सोही स्थानबाट विक्री वितरण गर्न आग्रह समेत गर्नुभयो । महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डेको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र अध्यक्ष गोविन्द रिजालले यस्ता तालिमले महिला उद्यमशीलतामा अझ सकारात्मक प्रभाव पर्ने बताउनुभयो । कार्यक्रममा महिला समितिका पूर्वसभापति सरिदी श्रेष्ठ, पूर्व उपसभापति देवकुमारी ढकाल लगायत समितिका वर्तमान सदस्यहरुको सहभागिता रहेको थियो ।
महिला उद्यमी समितिले २८ गते महिला भेला गर्ने ।
यसै गरी उद्यमी विकास समितिको आयोजनामा श्रावण २८ गते बृहत उद्यमी महिला भेला समेत आयोजना गर्न लागेको आज भएको अन्तक्र्रिया कार्यक्रम मार्फत समितिकी सभापति निलम पाण्डेले जानकारी दिनुभएको छ । आसन्न कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने विषयमा अन्तक्र्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा हेटौंडा उनपाका कार्यकारी अधिकृत सुदेव कुमार पोखरेलले कार्यक्रमलाई प्रभावकारी बनाउन आफ्नो कार्यालयले सहयोग गर्ने बताउनु भएको थियो । अन्तक्र्रिया कार्यक्रममा महिला वालवालिका कार्यालयकी  सरिता अधिकारीले महिला समूह मार्फत २८ गतेको महिला भेलामा सहभागिता रहने बताउनु भयो । बृहत महिला उद्यमी भेला इजी पिपुल्स नामको गैरसरकारी संस्थाको सहयोगमा उद्यमी महिलाको क्षमता अभिवृद्धिमा सघाउ पुर्याउने उद्देश्यले आउदो श्रावण २८ गते मउवासंघको सभा हलमा भेला आयोजना गर्न लागिएको हो । भेलामा मकवानपुरका करीब २०० जना महिला उद्यमीहरुको सहभागिता रहने बताईएकोछ ।


0 comments

Write Down Your Responses