Powered by Blogger.
चट्याङबाट महिला घाइते, १२ खसी मरे

१८ साउन, खैराङ / पश्चिमी मकवानपुरको खैराङमा मंगलबार साँझ चट्याङ लागेर एक महिला घाइते भएकी छिन् । चट्याङबाट १२ खसी मरेका छन् । खसीबाख्रा चराएर घर फर्कदै गरेकी खैराङ–९ दाउरेकी ५० बर्षिया दिलकुमारी थिङ घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको स्थानीय राजकुमार मल्लले बताए । चट्याङबाट २८ खसीबाख्रामध्ये बाँकी घाइते भएका छन् ।

0 comments

Write Down Your Responses