Powered by Blogger.
आजदेखि ‘गुँला’ पर्व सुरु


तस्विर गुगल
हेटौंडा, १९ साउन । नेवारी सम्प्रदायका बौद्ध तथा हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व आजदेखि सुरु भएको छ । नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिना हो । नवौं महिनाको शुरुवाती श्रावण औंसी बाट एक महिना सम्म चल्ने यो पर्वमा विहान सबेरै नेवारी समुदायका युवा तथा पाका व्यक्तिहरुले देवस्थल, धारा बाटो सफा गरि बाजागाजाको साथमा स्थानीय धार्मिक मठ मन्दीरहरु परिक्रमा गर्ने चलन रहेको छ । उत्तरी मकवानपुरमा पनि गोपाली गाउँ पालुङ, ओखरबजार, कुलगाउँ, बज्रवाराही, चित्लाङ लगायतका ठाउँहरुमा बाजागाजाको साथमा यो पर्व शुरु भएको छ । अधिकांश नेवारी समुदायमा आजको दिन बाट हिले जात्रामा देखाइने परम्परागत हिले जात्रा नाँच सिकाउने कार्य गरिन्छ ।

0 comments

Write Down Your Responses