Powered by Blogger.
नेपाल विद्यार्थी संघ मकवानपुरको जिल्ला अधिवेशन पुनःस्थगित

हेटौडा,१८ साउन / भोली साउन २० गते हुने भनिएको नेपाल विद्यार्थी संघ मकवानपुरको जिल्ला अधिवेशन पुन स्थगित भएको छ । नेविसंघको केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र आचार संहिता लागु भर्ईसकेको भन्दै केन्द्रीय समितीले मकवानपुर जिल्ला समितीलाई पत्रचार गरेपछि अधिवेशन स्थगित गर्नु परेको नेविसंघ जिल्ला सम्मेलन आयोजक समितीका सदस्य तथा प्रचार विभाग प्रमुख गंगाप्रसाद पौडेलले बताउनु भयो ।  जिल्ला सम्मेलनको सबै तयारी पुरा भएको अवस्थामा समेत अधिवेशन स्थगित गर्नुपरेको उहाँले बताउनु भयो । केन्द्रीय महाधिवेशनको सन्र्दभमा तयारी अन्तिम चरणमा पुगेको र आचार संहिता लागु भैसकेको अवस्थामा अधिवेशन गर्दा समस्या आउन सक्ने भएकोले अधिवेशन स्थागित गर्न निर्देशन दिइएको केन्द्रीय समितीका मुख्य सचिव शिव रिमालले हस्ताक्षर गरेको विज्ञप्ति भनिएको छ  । 

0 comments

Write Down Your Responses