Powered by Blogger.
गायिक चन्दालाई के भयो ? खुमन जस्तो केटाले नहुने रे

दिपक सिंह रुम्बा 
हेटौडा,३१श्रावण / आज भन्दा भोलि भन्दा नजिकिदो नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अबसरमा नेपाली सांगीतिक बजारमा तीजको गीतको ओईरो नै लागेको छ । हरेक बर्ष आफ्नो जादुमय आवजको कोसेली पस्कदै आउनुभएकी नेपाली गीत संगितको क्षेत्रमा आफ्नो नाम सधै चर्चामा राख्न सफल सुमधुर स्वरको धनि र मेहेनती गायिका चन्दा अर्यालले यसपालीको नयाँ तीज कोसेली “चाहिदैन मलाई चाहिदैन” ले अहिले धमाका मच्चाउन थालेको छ। उक्त कोसेलिमा उहाको जादुमय आवज मात्र नभएर उहाले मलाई २ / ४ दिन घुमाउने केटा चाहिदैन” भन्दै दमदार नृत्य समेत कोसेली स्वरुप पस्किनु भएको छ । 
सुन्दर मुहारको साथमा गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चन्दाले अब मोडलिङको क्षेत्रमा पनि नयाँ पहिचान बनाउने सोच सहित नयाँ पाईला चाल्नु भएको थियो र यो पाइलामा पनि श्रोताले राम्रो साथ दिएका छन । अहिलेको बास्तबिकता झल्किने अर्थात मात्र मोज र मज्जाको लागि माया लगाउने चलनलाई ब्यङ्यात्मक रुपमा समेटेर गीत तयार पारिएको छ त्यसैले पनि चर्चाको शिखरमा पनि छ ।  समय सान्दर्भिक को साथ साथमा माया रुपरंगमा लगाउने प्रबृत्तिलाई इन्कार गरिएको छ यस गीतमा । 

 तिर्सना म्युजिक प्रा.लि. को प्रस्तुतिमा रहेको गायिका चन्दा अर्यालको “चाहिदैन मलाई चाहिदैन....बोलको तीज गीत साँगितिक बजार, युट्युब र सामाजिक सन्जालमा जताततै धमाका मच्चाउन सफल भएको छ । यस गितमा आवाजको राजा भनेर चिनिने र समयको बोली बोल्ने गायक  खुमन अधिकारीको लय छ भने हरेक कुरालाई गीत मार्फत सृगारिएर पस्किन कुसल शब्द संकलक बाबुराम बोहोराले शब्द संकलन गरेका छन । गीतमा गयिका चन्दा अर्याल र खुमन अधिकारीको सुमधुर स्वर रहेको छ । चन्दा र नरेशको दमदार अभिनय रहेको “चाहिदैन मलाई चाहिदैन” गितको शँकर बि सीले निर्देशन गरेका छन भने बजार ब्यबस्थापन तिर्सना म्युजिक प्रा.लि गरेको छ । चन्दा अर्यालको नयाँ कोसेली “चाहिदैन मलाई चाहिदैन” ले अझै पनि सफलताको उच्च शिखर चुमोस र निरन्तरताको लागि  सफलताको शुभ कामना ।
https://www.youtube.com/watch?v=XEttyKomGcQ

0 comments

Write Down Your Responses