Powered by Blogger.
स्वास्थ्य साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम हेटौडामा शुरु

हेटौडा, ३१ साउन / मकवानपुरको हेटौडामा १५ दिने  स्वास्थ्य साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ  । इटिएससि नेपालको आयोजनामा सञ्चालित तालिममा हेटौडा उपमाहनगरपालिका सहित ८ वडा गाविसका २७ जना सहजकर्ताहरुको सहभागिता रहेको छ ।
भौगोलिक विकटता र लाजका कारण नियमित स्वास्थ्य संस्थामा पुगेर गर्भ परिक्षण गराउन नसक्ने समस्याले गर्दा मातृशिशु मृत्युदर वृद्धि भइरहेको समस्यालाई न्यूनिकरण गर्नको लागि सहजकर्ताहरुले समुदायमा खेल्न सक्ने भुमिकाको वारेमा तालिममा प्रशिक्षण गराइने उद्धम विकास अधिकृत डिकम्बर रुपाचाले जानकारी दिनु भयो ।  तालिम पश्चात सहजकर्ताहरुले आ—आफनो गाविसमा स्वास्थ्य साक्षरता सम्वन्धी कक्षा सञ्चालन गर्ने रुपाचाले जनाकारी दिनु भयो ।
कार्यक्रम संयोजक इना साँम्वा स्वागत गर्नु भएको उद्घाटन कार्यक्रममा इटिएससि नेपालका कार्यकारी प्रमुख सुर्य प्रकाश राईले स्वास्थ्य साक्षरता कार्यक्रमको उद्देश्य र यस तालिमको महत्वको वारेमा सबैमा जानकारी गराउनु भएको थियो । १५ दिन सम्म चल्ने तालिममा मुख्य प्रशिक्षक चित्र निरौला र साहायक मिना जोसिले सहजीकरण गर्नु हुने छ  ।

0 comments

Write Down Your Responses