Powered by Blogger.
सफाई अभियानमा वृन्दावन


बाँके । चलचित्र वृन्दाबन युनिटले आफ्नो प्रचार, प्रसारलाई तिब्रता दिने क्रममा आईतबार कोहलपुर नगरपालिका बजारको सफाई गरेका हुन् । २४ जना युवाहरुले वृन्दाबन लेखिएको टिसर्ट लगाएर नगर सरसफाईमा उत्रेपछि नगरवासी पनि स्वतस्पूर्त रुपले सफाई अभियानमा सहभागी भएका थिए ।

भिन्न शैलिमा प्रचार शुरु गरेका बृन्दावन युनिटले देश ब्यापी रुपमा सफाई अभियान थाल्ने बताईएको छ । केही दिन अघि जोरपाटी स्थीत खगेन्द्र नवजीवन केन्द्रमा आश्रीत ४६ जना बालबालिका बीच ताला चाबी......., बोलको गीत र अफिसियल प्रोमो सार्वजनिक गरेर चलचित्र वृन्दाबनको प्रचारमा निस्कीएको युनिटले गत शनिवार राजधानीमा एक कार्यक्रको आयोजना गरी चलचित्रको दोस्रो गीत सार्वजनिक गरेको थियो ।

रुद्राक्ष फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र वृन्दावन  आगामी भदौ १७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको कारण चलचित्र युनिट उग्र रुपले प्रचार, प्रसारमा उत्रीएको हो । 

रुद्र खनाल र कमल जि. सी. निर्माता रहेको चलचित्र वृन्दावनका लेखक, निर्देशन राजबहादुर सानेले गरेका हुन् । चलचित्र वृन्दाबनमा बाँदर अनि किशोर खतिवडा, शिल्पा पोखरेल आदिको मुख्य भूमिका रहेको छ ।


0 comments

Write Down Your Responses