Powered by Blogger.
नेविसंघलाई चलायमान बनाउन मेरो उम्मेदवारी हो

रुपा पोखरेल, विद्यार्थी नेतृ, पद्मकन्या क्याम्पस
भोलिदेखि काठमाडौमा नेपाल विद्यार्थी संघको  ११ औ राष्ट्रिय महाधिवेशन हुँदैछ । ९ बर्षपछि हुन लागेको महाधिवेशनमा धेरै विद्यार्थी नेताहरुले नेतृत्वमा आकाँक्षा देखाएका छन् । 

१ सय ६१ सदस्यीय केन्द्रीय कार्यसमितिमा अध्यक्ष, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका सयौं उम्मेदवारहरु मैदानमा छन् । समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तह उत्तिर्ण गरेसकेकी  पद्मकन्या क्याम्पसमा अध्ययनरत रुपा पोखरेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन् ।

पद्मकन्या क्याम्पसबाट दुई पटक स्ववियु सदस्य जितिसकेकी रुपा अहिले क्याम्पस इकाई कमिटीको बरिष्ठ उपाध्यक्ष रहेकी छिन् ।  प्रश्तुत छ सबैसंग मिल्न सक्ने खुबी भएकी र सहयोगी स्वभावकी रुपासंग महाधिवेशनसंग केन्द्रीत भएर गरिएको कुराकानीः

तपाई महाधिवेशनमा किन उम्मेदवारी दिन थाल्नु भएको हो ?

नेविसंघमा लामो अवधिसम्म महाधिवेशन नहुँदा  थुप्रै विकृति मौलाएका छन् । ती विकृतीलाई हटाउन जरुरी छ । विद्यार्थीहरुको हकहित संरक्षण हुन सकेको छैन । तसर्थ ९ बर्षसम्म सुतेको नेविसंघलाई ब्युँझाउनका लागि मैले उम्मेदवारी दिन लागेको हुँ ।

के पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ ?

सबै साथीले तपाँई जस्तो संगठनमा क्रियाशिल सदस्यले पदाधिकारीमा उम्मेदवारी दिनु पर्छ भन्नुभएको छ । तर मैले सवै साथीहरुको आग्रहलाई पुर्नविचार गदै म एक पटक पनि केन्द्रीय सदस्य नभएकोले पहिलो पटकका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको छु । 

तपाईको जित्ने आधार के छ त ?

म विगत १२ बर्षदेखि नेविसंघको राजनीति गदै आइरहेको छु । नेविसंघको राजनीतिमा मैले कसैलाई पनि चिढ्याउने काम गरेको छैन । संगठनका लागि जस्तोसुकै परिस्थितिमा पनि काम गर्ने मान्छे म हुँ । र, सबै साथीहरुको सद्भाव सहयोग पनि ममा भएकाले म चुनाव जित्छु । 

भोलिदेखि महाधिवेशन शुरु हुँदै छ ।  तपाईको पक्षमा प्रतिनिधीहरुको  सद्भाव कत्तिको पाउनुभएको छ त ?

प्रतिनिधि प्राय मैले चिनेका र मलाई सहयोग गर्ने साथीभाई नै आउनु भएको छ । उहाँहरुकै सहयोगले म जित्ने हो । अहिलेको प्रतिनिधी हेर्दा मेरो पक्षमा ७० प्रतिशत रहेका छन् । मैले नेविसंघमा खेलेको भूमिकाको आउने प्रतिनिधीहरुले मूल्याङकन  पक्कै गर्नुहुने छ । 

चुनाव जितेर नेविसंघलाई कस्तो बनाउने योजना छ ?

नेविसघ ९ बर्षसम्म महाधिवेशन नभएर भताभुङ्ग भएको छ । यसलाई पुर्नजिवन दिनुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको छ । चुनाव नभएर नेविसंघमा ठूलो भ्याकुम रहेको छ । त्यो पुर्न आवश्यक छ । अर्को कुरा, संगठनभित्र देखिने गरी नै गुण्डागर्दी मौलाएको छ । त्यसलाई  पनि तह लगाउन आवश्यक छ । अर्को कुरा, संगठनमा आर्थिक पारदर्शिता नभएर संगठन डुबेको छ । यसलाई पनि पार लगाएर संगठनलाई चुस्तदुरुस्त राख्नु आवश्यक छ । 

एउटा बौद्धिक वर्गहरुको संगठन निर्माण गरि साँच्चिकै विद्यार्थी आन्दोलनको अगुवा संगठन निर्माण गर्ने मेरो योजना छ ।

तपाईलाई कुन कुन नेताको साथ रहको छ ? मलाई कृष्णप्रसाद सिटौला,महामन्त्री शशांक कोइराला, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल लगायत सयौं नेताको सहयोग रहेको छ । र, सिङगो पिके क्याम्पसका विद्यार्थी एवं कर्मचारीको पनि मलाई सहयोग रहेका छ । 

केही त अझैं विद्यार्थी नभएर पनि नेविसंघको राजनीति गरिरहेका छन नी ?

हो, केहीमा देखिएको छ तर म निरन्तर विद्यार्थी हुँ अहिले पनि म क्याम्पसमा भर्ना भएको छु । त्यसैले नेता हुन लायक छु । मेरो उमेर र योग्यता पनि विद्यार्थी नेता हुन सुहाउँदो खालको छ । तर यहाँ धेरै विद्यार्थीहरु क्याम्पसको गेट कुरेर नेता हुन खोज्दैछन् । त्यसैले मेरो पहिलो अभियान नै  क्याम्पसको गेट कुर्ने होइन कि कक्षा कोठा छिर्ने संगठन बनाउने हो । 

तपाईको अन्य एजेण्डा के छन् ?

हामीले यहाँसम्म आईपुग्दा धेरै खाले परिवर्तनहरु देखेका छौ ।  सबै परिवर्तनको उपज भनेको राजनीति नै हो । त्यसैले विद्यार्थीहरु बीचमा राजनीति गर्नुपर्छ भन्ने चेतना विस्तार गर्न जरुरी छ । तर हिजोको राजनीति आजकोसंग फरक हुनु आवश्यक छ । हामीले पहिले जस्तो सडक संघर्षको आन्दोलन भन्दा पनि प्राज्ञिक आन्दोलनको उठान गर्न जरुरी छ । 

समय सापेक्ष शिक्षा नीतिको अभावमा जनचेतना, सामाजिक परिवर्तन र विकासको गतिको लिक भित्र मुलुकलाई  राख्न नसक्दा विश्व परिवेशमा फेरि पनि हामी अविकशित, गरिव र भ्रष्ट मुलुकको सूचिमा छौ ।  शिक्षा नै विकासको मूल आधार हो ।  प्रगतिको वाहक हो त्यसैले एजेण्डा नै सर्वसुलभ जनमुखी शिक्षा र आर्थिक समृद्धिमा विद्यार्थीहरुलाई सहभागि गराउने गरी अबको विद्यार्थी आन्दोलन अघि बढ्नुपर्छ भन्ने हो । 

विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने, नेपालको स्रोत साधानलाई पहिचान गरि उपभोग गर्न सक्ने, नेपालको मौलिकतामा आधारित सामान्य जनताको पहुँचमा पुग्न सक्ने, पहँुचको ग्यारेन्टी गर्न सक्ने, अवसर र पहुँचको ग्यारेन्टी भएका  शैक्षिक कार्यक्रम र अबको शिक्षा निति बनाउनुपर्दछ  भन्ने मेरो आग्रह हो । 





0 comments

Write Down Your Responses