यति बेला म कुवा खनिरहेछु
–वैरागी जेठा |
कुवा खनिरहेछु
सुख्खा बञ्जर भँगेरीमा
विचारको बाग फुलाउँन
सेलेघाटबाट उँभोलागिरहेछु
तिम्रो बाटो समाउँदै
झुत्रो झोला भरि किताब लिएर
भँगेरी लम्किएको छु
झाँगिदै फुल्न
फुसको गोठतिर
तिम्रो अनुहार खिच्न
बाबिया खर्कबाट तेर्सिएको छु
बञ्जर पाखाहरूमा
कोइरालाहरू फुलेका छन्
बाटो आगोझैँ पोल्छ
आदर्शका लागि जुझ्दै
शिशिरको चिसोमा
थरर थरर काम्दै
दर्शन ढुङ्गामा खोपिरहे छ
हाम्रो नरेन्द्र
उसँगै हामी
खोपिरहेछौ तिम्रो अनुहार
हामी , कम्युनिष्ट युवाहरू
तिम्रा आदर्शका संग्राहालयहरू
राख्न
ध्रुवका घरमा बास बसेका छौँ
हाम्रा मुल्याङकन होलान् कुनै दिन
सकरात्मक दृष्टिकोणहरू फुलेमा
ऐतिहासिक यात्रामा
हामी लम्कीरहेछौँ
प्यारा जुनारहरू
तिम्रा दाजुभाइ पर्खिरहेछन्
लड्दालड्दै खोपिरहेछौँ
जिवित शालीक
मकैका ढोडझैँ सोत्र्यान्न हुने छौनौँ
पुष्पलाल
यस बञ्जरमा
हामी
कम्युनिष्ट धरहरा बनाउँदैछौँ
महान् शहीद
प्रिय गंगालाल
तिमी दुई भाइ
हाम्रो धर्म हौ
ग्याँस बम लिएर
हृदयलाई साक्षी लिएर
वर्गीय दुश्मन सँग लडिरहेछौँ
तिम्रा विचारहरूलाई
सुमसुमाइ रहेछौँ
कहाली लाग्दो बञ्जरमा
बाबिया खर्कमा
हामीले चलाएका खलाँतीले आगो सल्काइरहेछ
मयुरहरू हामीसँगै नाचिरहेछन्
जुर्मु¥याएर उठ्दै
गाउँलेहरूसँगै
लगातार तिमीहरूको तस्बिर खिचिरहेछौँ
शिशिरले सोध्यो
तिमीहरू को हौ
हामी पुष्पलालका सन्तान
तिमीसँग लडेर
जुधेर
उनका शालीक बनाइरहेछौँ
तिम्रो हूस्सुमा कैद भएर
तरर पसिना बगाइरहेछौँ
त्यो प्यारो हिमाल झैँ
प्यारो पुष्पलाल
गंगालाल
लालुपातेझैँ फुलिरहेछन्
यि बञ्जरका कान्लाहरूमा
वर्गीय अडानहरू
शिशिर झस्कियो
जताबाट आएको हो उतै फर्कियो
कयौँ मित्रहरूलाई थाहाछैन
हामी यहाँ
अन्तर्राष्ट्रिय नेश्नल पार्क
बनाउँदै छौ भँगेरीलाई
आऊ हामीलाई न्याय दिन
थुप्रै रायमाझि र पुष्पकमलहरू आए
यहाँका जनतालाई झुक्याए
त्यसैले हामी
तिम्रो चिसोठण्डीमा पनि
गंगालाल र पुष्पलालका
मुर्ति खोपि रहेछौँ
लाटेकामीले ढलौटमा खोप्छ भने
हामी पत्थरमा खोपिरहेछौँ
पुष्पकमलले
धेरै जनतालाई झुक्याए
शोषित पीडितहरू
बढ्दै गए
पुष्पकमलका गन्धहरूले
हामी नेपाली जनताका छोरा छोरीहरूलाई
बिजोग बनाए
त्यसैले हामी
यस बञ्जरमा
गंगालाल र पुष्पलालका
नाउँमा
अन्तर्राष्ट्रिय नेशनल पार्क बनाउन
जोड जोडले लागिरहेछौँ ।
0 comments
Write Down Your Responses