Powered by Blogger.
दुष्प्रचारबाट सचेत रहन राप्रपा नेपाल समानान्तरको आग्रह


काठमाडौं । संस्थागत निर्णय अनुसार नै  राप्रपा नेपाल समानान्तरले राप्रपासँग एकता गरेको जनाएको छ । केन्द्रीय समितिको ९० प्रतिशत बहुमतले राप्रपासँग एकता गर्ने सर्वसम्मत निर्णयका आधारमा एकीकरण घोषणा भएको, समानान्तर सम्वद्ध स्रोतले जनाएको छ ।

हैसियत नभएका, राष्ट्रवादी एकता नचाहने व्यक्तिबाट भएको दुष्प्रचारबाट त्यसकारण सचेत रहन पनि राप्रपा नेपाल समानान्तरले आह्वान गरेको छ ।

देश विदेशमा रहेका शुभेच्छुक, कार्यकर्ताहरुको एकताको पक्षमा सद्भाव छ, चाहना छ । राप्रपासँग एकता गर्ने निर्णयमा केन्द्रीय समितिको नब्बे प्रतिशत पदाधिकारी, सदस्यहरुको समर्थन छ । त्यसै निर्णयमा टेकेर वैधानिक रुपमा एकीकरण सम्पन्न गरिएको हो, राप्रपा नेपाल समानान्तरको वैधानिक निर्णय जानकारी गराउदै मंगलबार जारी विज्ञप्तिमा तत्कालीन प्रवक्ता सगुन सुन्दर लावतीले भने ।

राप्रपासँगको एकीकरण समयको माग भएको र एकता पनि विधिवत सम्पन्न भइसकेको अवस्थामा एकता विरोधी धारणा पालेर, साँघुरो मन नराख्न सम्बन्धितलाई विज्ञप्तिमा अनुरोध समेत गरिएको छ । राप्रपा नेपाल समानान्तर र राप्रपाबीच श्रावण ११ गते एकीकरणको घोषणा गरिएको थियो ।

असार १६ गते सम्पन्न केन्द्रीय समितिको वैठकले तत्कालीन कावा अध्यक्ष गणेश शेरचनलाई पार्टीलाई गति दिन असक्षम रहेको र बृहत राष्ट्रवादी एकतामा भाजो हालेको भन्दै पदमुक्त गरेको थियो । शेरचन नहटाइएपछि, अध्यक्ष सत्यमान लामाको नेतृत्वमा राप्रपा नेपाल समानान्तरले एकता प्रक्रिया टुंगो लगाएको थियो ।

तर तिनै शेरचनले सोमबार राप्रपा नेपाल समानान्रतको कसैसँग एकता नभएको दावी गरेका थिए । जसको प्रतिक्रिया स्वरुप विज्ञप्तिमा, शेचरनको दावी अवैध भएको प्रष्ट गरिएको छ ।

राप्रपासँग एकता गर्ने र शेरचनलाई पदमुक्त गर्ने केन्द्रीय समितिका निर्णयहरु तत्कालीन अवस्थामै संचारमाध्यमहरुबाट संप्रेषण भइसकेका तथ्य हुन्, विज्ञप्तिमा प्रष्ट पारीएको छ ।

‘राप्रपा नेपाल समानान्तरले पदमुक्त गरिसकेको अवस्थामा वैधानिक धारणा प्रस्तुत गर्न गणेश शेरचनसँग कुनै हैसियत नभएकोले अहिले श्रावण १७ गतेको तिथीमा आएर गरिएको दुष्प्रप्रचार अवैध मात्र नभएर भ्रामक, निराधार र कपोलकल्पित छ,’ विज्ञप्तिमा उल्लेख छ ।



0 comments

Write Down Your Responses