Powered by Blogger.
२ सय ७ जनाले निःशुल्क स्वास्थ्य सेवा लिए

हेटौडा,१९ भाद्र / लियो क्लव अफ हेटौडा भुटनदेविले तिजको अवसर पारि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७ जनाले स्वास्थ्य सेवा लिएका छन । पछिल्लो समयमा हरितालिका तिज पर्व भड्कीलो र विकृतिको रुपमा समाजमा मौलाउदै गयो भनेर चिन्ता व्यक्त गरिरहेको बेलामा मकवानपुरमा रहेको लियो क्वल अफ हेटौडा भुटनदेविले तीज पर्वलाई  नाचगान, खानपिन र रमाइलो कार्यक्रममा मात्रै सिमित नराखि महिलाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरि एउटा नुमना काम गर्ने र तीजमा आईपरेको समस्यालाई न्यूनिकरण गर्ने उद्देश्यले आयोजना गरिएको क्लबका अध्यक्ष अर्जुन लामिछानेले जानकारी दिनु भयो । 
शिविरमा आएका मध्ये अधिकांशमा पेट दुख्ने,ग्याष्ट्रिक रहेको जनाएको छ । सो शिविरमा पेट दुख्ने,ग्याष्ट्रिक तथा वेहोस भएर ढल्ने लगायतका बिरामीको निःशुल्क उपचार तथा निःशुल्क रुपमा औषधि प्रदान गरिएको उहाँले बताउनु भयो । 

लायन्स क्वल अफ हेटौडा भुटनदेवि र जन स्वास्थ्य कार्यालय मकवानपुरको सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन एम्बासडर अफ गर्भनर ( ए.ओ.जि) लायन करुणा महतले गर्नुभएको थियो । सो अवसरमा उहाँले सबैमा सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्नुको साथै तिजको शुभकामना समेत दिनु भएको थियो । लायन्स क्वल अफ हेटौडा भुटनदेविको सह सचिव रजनी तिवारीले ५ जार शुद्ध खाने पानी र यूनियन ड्रग हाउसकी सञ्चालिका निलम वैद्यले १० जार शुद्ध खाने पानी, १ जना महिला स्वास्थ्यकर्मी समेत व्यवस्था गर्नु भएको थियो । 

विहान ११ वजे देखि शुरु भएको शिविर साँझ ६ वजे सम्पन्न भएको थियो । सोहि अवसरमा क्वलले बर्तालु भक्तजनहरुलाई मध्यनजर गरि खाने पानीको समेत व्यवस्था गरिनुको साथै भक्तजनहरु लाइनमा राख्नको लागि समेत उल्लेखनिय भुमिका निर्वाह गरेको क्वलका सह—सचिव अनिल अधिकारीले जानकारी दिनु भयो । लियो क्वल अफ हेटौडा भुटनदेविका अध्यक्ष अर्जुन लामिछानेको सभाध्यक्षतामा भएको शिविरमा लायन्स क्वलका पदाधिकारी, लियो क्लवका सम्पूर्ण पदाधिकारीहरुको उल्लेखनिय उपस्थित रहेको  थियो । 

0 comments

Write Down Your Responses